IME Life
Beema Board

बैदेशिक रोजगार बीमा व्यवसाय ४५ प्रतिशतले बढ्यो, सन नेपालको बजार खोसियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैदेशिक रोजगार बीमा व्यवसाय ४५ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार जीवन बीमालेख बिक्री गरेर २ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी यस भन्दा अघिल्लो आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले एक अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । ‍

बीमा कम्पनीले जारी गरेको यस्तो बीमालेख संख्या समिक्षा अवधिमा १५ लाख २३ हजार २६८ वटा रहेका छन् । जवकी गएको वर्षको यहि अवधिमा ८ लाख ५४ हजार ६७ वटा पोलिसी जारी गरेका थिए । पोलिसी संख्या ७८ प्रतिशतले बढे पनि बीमा शुल्क आर्जन भने जम्मा ४५ प्रतिशतले मात्रै बढेको छ ।

Prabhu
Crest

सन नेपालको बजार खोसियो

नेपाल बीमा प्राधिकरणले पुल मार्फत हुँदै आएको वैदेशिक रोजगार बीमा व्यवसायलाई पुल मुक्त बनाए पछि सन नेपाल लाइफले बजार कब्जा गरेको थियो । गएको वर्षको बैशाख महिनामा सन नेपालको बजार हिस्सा ८० प्रतिशत थियो । तर यस वर्षको बैशाख महिनामा ३५ प्रतिशतमा झरेको छ ।

गएको बैशाख महिनामा सन नेपालले यस व्यवसायबाट मात्रै एक अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर यस वर्षको बैशाख महिनासम्ममा जम्मा ९५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । सन नेपालको व्यवसाय आइएमई लाइफ, नेपाल लाइफ र सुर्यज्योति लाइफले खोसेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS