IME Life

चिनिया जहाज ग्राउण्डेड हुँदा वायुसेवा निगमलाई एक अर्ब ९० करोडको नोक्सान

SPIL
Sanima Reliance

काठमाडौं । चिनिया जहाजहरु ग्राउण्डेड हुँदा नेपाल वायुसेवा निगमले कुल एक अर्ब ९० करोड ६९ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । निगमसँग रहेका MA-60 र Y12E (चिनियां जहाजहरु) ग्राउण्डेड भएको सम्बन्धमा संसदमा समेत प्रश्न उठेको भन्दै निगमले गम्भिर ध्यानाकर्षण गराएको छ ।

निगमसँग रहेका दुई वटा MA-60 र तीन वटा Y12E चिनियाँ जहाजहरुको सम्बन्धमा विभिन्न समयमा गठित अध्ययन समितिहरुको सिफारिसमा ग्राउण्डेड गरिएको निगमले प्रष्ट पारेको छ ।

Crest
Meta Holidays

उक्त जहाजहरु सञ्चालन गर्न प्राविधिक, ब्यवसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, बीमा खर्च तथा इन्धन खपत अत्याधिक रहेको, सिमित यात्रु बहन क्षमता र जगेडा पार्टपुर्जामा समस्या रहेको, यी जहाजहरु संचालनमा रहँदा आ.व. २०७१/०७२ देखि २०७५/०७६ सम्ममा यी जहाजहरुको संचालन घाटा रु ७७,७४,१०,१४३ र कुल घाटा रु १,९०,६९,३३,११४ भएको भएको निगमले जनाएको छ ।

अझै संचालन मै राखिरहँदा निगमलाई आर्थिक बोझको रुपमा दायित्व थप हुदै गएको र विभिन्न प्राविधिक कठिनाई समेत झेलिरहन परेको कारण जनाउँदै मिति २०७७/३/१६ मा बसेको निगम सञ्चालक समितिको बैठकले उक्त जहाजहरु मिति २०७७/४/१५ देखि सञ्चालनमा नल्याउने निर्णय गरेको थियो ।

उक्त जहाजहरुलाई व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न विकल्प सहित गरिएको पत्राचार अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७७/१२/४ को निर्णय बमोजिम लिजमा दिन वा विक्री प्रक्रिया अगाडि बढाउन मिति २०७७/१२/१२ मा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत निर्देशन भएको थियो ।

यी जहाजहरुको व्यवस्थापन गर्ने सन्दर्भमा निगमको संचालक समितिको निर्णय एवम् तालुकदार मन्त्रालयको समन्वयमा कार्य अगाडि बढाउने निगमले जानकारी गराएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x