काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले यस पटक साना आयोजनालाई बजेटमा उल्लेख नगरी ठुला आयोजनाका लागि मात्रै बजेट विनियोजन गरिएको छ । चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।