काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रणालीमा सुधार गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्ने क्रममा उनले अर्थतन्त्रलाई उत्पादनमुलक बनान सघाउ पुग्ने गरी बजेट तयार पारिएको बताएका हुन् ।
उनले सरकारी, सहकारी र निजी क्षेत्रको लगानीमा विस्तार गरी उत्पादन उत्पादकत्व र रोजगारीका अवसर बढाउने आर्थिक तथा सामाजिक पुर्वाधार निर्माण गरी उच्च आर्थिक बृद्धिको आधार तय गर्ने जोड दिएका छन् ।