IME Life

१७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत, यस्तो छ गणतन्त्र पछाडीका बजेट

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । महतले चरम आर्थिक संकटलाई संबोधन गर्ने गरी बजेट प्रस्तुत गरेका छन् । महतले अर्थतन्त्रलाई पुनर्संरचना गर्ने उद्देश्य सहित बजेट प्रस्तुत गरेका हुन् । सरकारले गत चालु आर्थिक वर्षको तुलनामा ४२ अर्बले बजेटको आकार घटाएको हो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ प्रतिशत हाराहारी मात्रै हुने अनुमान गरेको छ । यहि सन्दर्भलाई लिएर सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको छ । ‍

Prabhu
Crest

लोकतन्त्र पछाडि आज सहितको बजेटलाई गणना गर्दा १८ वटा बजेट प्रस्तुत भइसकेका छन् । लोकतन्त्र बहालीपछि सबैभन्दा पहिले अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०६३/६४ को बजेट प्रस्तुत गरेका थिए। उनले २०६३ असार २८ गते लोकतन्त्रपछिको पहिलो बजेट प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको बजेटको आकार १ खर्ब ४३ अर्ब ९१ करोड २३ लाख रूपैयाँको थियो।

लोकतन्त्र बहालीपछिको दोस्रो बजेट पनि डा. महतले नै प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको आर्थिक वर्ष २०६४/६५ को बजेटको आकार १ खर्ब ६८ अर्ब ९९ करोड ५६ लाख रूपैयाँ थियो।

लोकतन्त्र बहालीपछि संविधानसभाको चुनाव भयो। संविधानसभापछि नेकपा माओवादी पहिलो पार्टी बन्यो। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री डा बाबुराम भट्टराईले तेस्रो बजेट प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०६५/६६ को बजेट ल्याएका थिए। सफल अर्थमन्त्रीका रूपमा चिनिएका भट्टराईले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएका थिए। उनकै पालामा विभिन्न नयाँ कार्यक्रमहरूको थालनी गरिएको थियो। उनले २ खर्ब ३६ अर्ब १ करोड ५८ लाख ९७ हजार रूपैयाँको बजेट ल्याएका थिए।

अर्थमन्त्री सुरेन्द्र पाण्डले लोकतन्त्र बहालीपछि चौथो बजेट प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०६६/६७ का लागि २ खर्ब ८५ अर्ब ३३ करोड रूपैयाँको बजेट ल्याएका थिए। उनको पालामा तत्कालीन् प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा मागेर संसद् अवरुद्ध भएपछि संसद्‌मा बजेट प्रस्तुत भएको थिएन।

आर्थिक वर्ष २०६७/६८ को बजेट पनि सुरेन्द्र पाण्डेले नै ल्याएका थिए। उनले यो आर्थिक वर्षको सुरुमा सरकारी खर्च चलाउँन मात्र बजेट पेस गरेका थिए। पछि ३ खर्ब ३७ अर्ब ९० करोड रूपैयाँको बजेट ल्याएका थिए।

भरतमोहन अधिकारीले लोकतन्त्र बहालीपछिको छैटौं ल्याएका हुन्। अधिकारीले ३ खर्ब ८४ अर्ब ९० करोड रूपैयाँको बजेट ल्याएका थिए। उनको पालमा ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो। उनले बजेट भाषण गर्नुभन्दा पहिले नै बजेट सार्वजनिक भएपछि माफीसमेत माग्नु परेको थियो।

आर्थिक वर्ष २०६९/७० को बजेट ल्याउने पूर्ण तयारी गरेका वर्षमान पुनले दलहरूको सहमति हुन नसकेपछि ०७० मंसिरसम्म सरकारी खर्चलाई धान्ने एक तिहाँइ बजेट मात्र सार्वजनिक गरे। उक्त बजेटले विशेष गरी कृषिलाई प्रथमिकता दिएको थियो। तर, कृषिमा बजेटले खासै उपलब्धी भने दिन सकेन। आर्थिक वर्ष २०७०/७१ को बजेट शंकरप्रसाद कोइरालाले ल्याएका थिए। उनले ५ खर्ब २० अर्ब रूपैयाँको बजेट ल्याएका थिए।

यो बजेट दोस्रो संविधानसभाको चुनाव गर्नको लागि प्रधानन्यायाधीश खिलराज रेग्मी अध्यक्षको मन्त्रीपरिषद्का अर्थमन्त्री कोइरालाले ल्याउने अवसर पाएका थिए। अर्थमन्त्री महतले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ को बजेट प्रस्तुत गरेका थिए। उनले सात वटा बजेट प्रस्तुत गरिसकेका छन्। उनको पहिलो बजेट आर्थिक वर्ष २०५२/५३ को थियो। उनले आर्थिक वर्ष २०७१/७२ मा ६ खर्ब १८ अर्ब १० करोड रूपैयाँको बजेट ल्याएका थिए। त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा ल्याएको बजेटको आकार ८ खर्ब ४१ अर्बको थियो। उक्त बजेटले भूकम्प पछिको पुनर्निर्माणलाई केन्द्रमा राखेको थियो।

लोकतन्त्र बहालीपछिको १० औँ बजेट अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याएका हुन्। उनको बजेटको आकार साढे १० खर्बको थियो।

आर्थिक वर्ष २०७४/७५ बजेट कृष्णबहादुर महरा ल्याएका थिए। उनले १२ खर्ब ७८ अर्ब ९९ करोड रूपैयाँको बजेट ल्याएका थिए। यो बजेटले पनि भुकम्पपछिको पुनर्निर्माणलाई नै केन्द्रित गरेको थियो।

संविधान कार्यान्वयनपछि पहिलो निर्वाचित सरकारको अर्थमन्त्री खतिवडा बने। उनले ल्याएको पहिलो बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड रूपैयाँको थियो।

आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउनु अगाडि स्वेतपत्र जारी गरेर बजेट प्रस्तुत गरेका थिए। यस अगाडिका बजेटलाई चर्को आलोचना गरेका खतिवडाले पनि आफैले बनाएको बजेटको पूर्ण कार्यान्वयन गर्न सकेनन्। उनले पहिलो र दोस्रो बजेटबाट स्थिति बसाल्ने र तेस्रो बजेटदेखी उपलब्धि देखिने घोषणा गरेका थिए। उनको दोस्रो बजेटको आकार १५ खर्ब ३२ अर्ब रूपैयाँको रहेको छ।

कोभिड १९ बाट थिलिएको अर्थतन्त्रलाई केन्द्रित गर्दै युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरे । उनले अघिल्ला दुई आर्थिक वर्षमा कस्न खोजेका विषयलाई खुला छाडिदिए । यसरी उनले आफ्नो जीवनमा तीन वटा बजेट तयार पारे ।

खतिवडाको चर्को विरोध पछि प्रधानमन्त्री केपि शर्मा ओलीले उनलाई फिर्ता बोलाएर विष्णु प्रसाद पौडेललाई अर्थमन्त्री बनाए । संसद विघठन भएका कारण राष्ट्रपतिबाट तीन वटा अध्यादेश जारी गरी सिंहदरवारबाटै बजेट भाषण गरिएको थियो ।

सर्वोच्च अदालतले केपि ओलीको संसद विघठनको निर्णय उल्टाइदिए पछि शेर बहादुर देउवा प्रधानमन्त्री बने । संयुक्त गठबन्धनको सरकारमा जनार्दन शर्मा अर्थमन्त्री बने । उनलेको पहिलो बजेटले खासै उपलब्धी मुलक काम गर्न सकेन । दोस्रो बजेट भने विवादास्पद बन्यो । यसरी लोकतन्त्र बहाली पछि १७ वटा बजेट प्रस्तुत भए । आज डा. प्रकाशशरण महतको १८ बजेट पनि सार्वजनिक भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS