काठमाडौं । कृषि विकास बैंकले आज गणतन्त्र दिवस बिदाको दिनमा पनि केहि शाखा कार्यालयहरुबाट सेवा दिने भएको छ । बैंकले काठमाडौं रामशाहपथमा रहेको मूख्य कार्यालय, विराटनगरको प्रदेश कार्यालय अन्तर्गतको विराटनगर, इटहरी, धरान, गाईघाट र बिर्तामोड र जनकपुरस्थित मधेश प्रदेश कार्यालयको शिवचोक, बर्दिवास र लाहानको शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।
यसैगरी, बैंकले बिरंगजको कलैया, बैकिंग विरगंज, गौर, मलगंवा तथा विरेन्द्रनगरको कान्तिराजपथ हेटौंडा, नारायणगढ र काठमाडौंको चाबाहिल, सल्लाघारी, मंगलबजार र बनेपा शाखा कार्यालयबाट पनि सेवा प्रदान गर्ने बताएको छ ।
त्यस्तै, बैंकले गण्डकी प्रदेश कार्यालय अन्तर्गत मूख्य शाखा पोखरा, स्यांगजा, दमौली र वाग्लुङ तथा लुम्बिनी प्रदेश कार्यालयको बुटवल, रामपुर र भैरहवा शाखा खुल्ने भएको छ । दांगमा त्रिभुवनचोक, गुलरिया र घोराही बैकिंग तथा सुर्खेत र जुम्ला पनि संचालन गरिने भएको छ । यस्तै, धनगढीको क्याम्पसरोड, महेन्द्रनगर, डडलेधुरा र सिलगढी शाखाबाट सेवा दिने जनाएको छ