काठमाडौं । लगातार सात दिनको वृद्धि पश्चात् नेप्से परिसूचक १७ दशमलव ३५ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से शून्य दशमलव ८९ प्रतिशतले घटेको छ । २ अर्ब ६३ करोडको कारोबार हुँदा नेप्से १९४१ दशमलव ७७ विन्दुमा बन्द भएको थियो ।
आजको ब्रोकरको फ्लोरसिट हेर्दा ठूला ब्रोकरहरुबाट खरीदको तुलनामा विक्री धेरै भएको देखिन्छ । आज ब्रोकर नम्बर ५८ले सर्वाधिक कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट २० करोड ३५ लाखको खरीद हुँदा २० करोड ४४ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा सर्वाधिक कारोबार गर्ने ब्रोकर नम्बर ४२ बाट १२ करोड ६५ लाखको खरीद हुँदा १७ करोड ११ लाखको विक्री भएको छ ।
आज सर्वाधिक कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये एउटा ब्रोकरले मात्र विक्रीको तुलनामा खरीद धेरै गरेको देखिन्छ ।