काठमाडौं । मर्जर तथा प्राप्तीपछि बैंक तथा वित्तीय संस्थाको संख्या भने घट्दै गएको छ भने शाखा कार्यालयको संख्या भने बढ्दै गइरहेको अवस्था छ । आज सरकारले आर्थिक सर्वेक्षण गर्दै बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै गएपछि यी कम्पनीहरुको शाखा कार्यालयको संख्या बढ्दै गइरहेको बताएको छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयको शाखा संख्या बढ्दै जानुको साथै वित्तीय पहुँच पनि बढ्दै गइरहेको छ । २०७९ फागुनमसान्तसम्ममा बैंक तथा वित्तीय संस्था लघुवित्त समेतको संख्या १२० रहेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ६ सय २९ पुगेको छ ।
बझाङको साइपाल बाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा संख्या पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखाको आधारमा प्रति शाखा औष जनसख्या २५ सय १० पुगेको छ । देशभर ३१ हजार ३ सय ७३ सहकारी रहेका छन् ।