Connect IPS
IME Life

दिनेश थकालीले सम्हाले कामना सेवा विकास बैंकको कमाण्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दिनेश थकालीले आजदेखि कामना सेवा विकास बैंकको कमाण्ड सम्हालेका छन् । बैंकको सञ्चालक समितिले आजदेखि थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।

चार्टर्ड एकाउण्टेण्ट थकाली ३२ वर्षको उमेरमै तत्कालिन सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । बागेश्वरी र साग्रिला गाभिए पछि थकाली कम्पनी सचिव तथा डेपुटी सिइओ भए । साग्रिला डेभलपमेन्ट पछि थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृतमा प्रवेश गरेका थिए ।

Prabhu
Crest

प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृत थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरे । प्रभु क्यापिटलको नेतृत्वमा रहदा उनले दुई वटा म्युचुअल फण्ड निष्काशन गरेका थिए । थकालीले प्रभु बैंकबाट राजिनामा दिएर कामना सेवाको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिएका थिए ।

थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिङ्गटन,  एआइटी थाइल्याण्ड, फिच्ट लर्निङ्ग सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए । छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा उदाएका थकाली कुशल व्यवस्थापकका रुपमा परिचित छन् । कामना सेवा विकास बैंकलाई विकास बैंकहरु मध्ये अझ अब्बल र थप प्रतिस्पर्धी बनाउदै लैजाने सिइओ थकालीले बताए । बैंकको सम्पुर्ण सूचकहरुलाई अझ माथि पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS