Prabhu Life Ad Final

दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

IME PAY
IME Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी उक आपसमा मर्ज भई जेठ १४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएसँगै दुबै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।

यी दुई कम्पनीको जेठ १० गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एक आपसमा गाभ्ने/गाभिने वा मर्जरमा जाने कार्य सम्पन्न भई जेठ १४ गते आइतबारदेखि ‘युनाईटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार शुरु गर्ने भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

आगामी आइतबारदेखि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ । दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रक्रिया टुङ्ग्याएका हुन् ।

दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

1685082514239

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS