IME Life

शेयर बजार सुधारको माग गर्दै लगानीकर्ताले भेटे कांग्रेस सभापति देउवा

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारको सुधारको माग गर्दै लगानीकर्ता संघ संघठनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट गरेका छन् । लगानीकर्ताले नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रकृयाँ ढिला सुस्ती नगरि कार्यन्वयन गर्न माग गरेका हुन् । उनिहरुले १२ करोडसम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् ।

शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशत नै कायम गरिदिन समेत अनुरोध गरेका छन् । लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोही अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

Prabhu
Crest

विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन समेत उनिहरुले देउवा समक्ष अनुरोध गरेका छन् । तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन समेत अनुरोध गरेका छन् ।

लगानीकर्ताले यहि माग राखेर पछिल्लो समय विभिन्न नेता तथा उच्च पदस्थ व्यक्तिहरुलाई भेट गरिरहेका छन् । यस भन्दा अगाडी प्रधामन्त्री पुष्प कमल दाहाल, अर्थमन्त्री डा. प्रकाशरण महत लगायतका नेताहरु सँग भेट गरिसकेका छन् ।

संसदमा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सका विषयमा चर्को विरोध भए पछि लगानीकर्ताहरु सत्ता पक्ष र विपक्षका नेताहरुलाई तारन्तार भेटिरहेका छन् । उनिहरुले संसद तथा उच्च स्तरका नेताहरुलाई नयाँ स्टक एक्सचेन्जको प्रकृयाँ नरोकी अगाडी बढाउन समेत अनुरोध गर्दै आएका छन् । अर्थसमितिले समेत नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज तथा पूँजी बजार सुधारका विषयमा भएका सुधारको कामको अवस्था जानकारी गराउन निर्देशन दिइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS