IME Life

बीमकको मर्जर पश्चात् कर्मचारी ब्यवस्थापन : समस्या र समाधान, सुवास कोइरालाको लेख

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । हालै एक बीमा कम्पनी मर्जरको घोषणा हुने वित्तिकै सोही कम्पनीमा उच्च तहमा कार्यरत एक कर्मचारीले बीमा क्षेत्रमा आफ्नो भविष्य देखेनन् र बन्द अवस्थामा रहेको वित्तीय संस्था चलाउने भनी राजिनामा दिए । उनी चलिरहेको राम्रो कम्पनीबाट बन्द रहेको अर्को संस्थामा आफ्नो भविष्य खोज्दै छन् । मर्जर सकेर कारोबार शुरू भएलगत्तै सोही कम्पनीका अर्का उच्च तहकै कर्मचारी अर्को कम्पनीमा गई कार्य गर्दैछन् भने अन्य कर्मचारीहरू समेत अन्यत्र जाने क्रम शुरू भएको छ । यसरी एक कम्पनीबाट अन्यत्र जाने क्रममा कति कम्पनीमा पुग्ने र आफ्नो भविष्य सुनिश्चित गर्ने भन्ने तनाव थपिएको गुनासो समेत सुनिन थालिएको छ ।

माथिका प्रतिनिधि घटनाबाट बीमा क्षेत्रको मर्जर प्रक्रियामा मानव संसाधनलाई उच्च ब्यवस्थापनबाट हेर्ने नजर र सो सम्बन्धी विषयमा गरिएका ब्यवस्थाहरूमा हामी कहाँ छौं र कहाँ चुकियो भन्ने प्रश्न उब्जाएको छ । बीमा बजारमा समग्र बीमाकर्मीहरू तथा कर्मचारीहरू अन्यौलमा रहेका छन् । यो अन्यौलता थपिएको चाहीँ बीमा कम्पनीहरूको स्थापना गर्दा आएको बाढी र लगत्तै नियामक निकायबाट पूँजी पुर्याउनका लागि अन्य विकल्पका बावजूत प्राप्ति र मर्जरलाई दिइएको प्राथमिकतालाई दिनु उपयुक्त हुन्छ ।

Crest

नेपाली बीमा क्षेत्रलाई ब्यवस्थित, नियमित, प्रतिष्पर्धी तथा विश्वसनीय बनाउने उद्देश्यका साथ नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) को स्थापना भई नियमित रूपमा विभिन्न कम्पनीहरूको नियमन तथा निर्देशन मार्फत बीमा ब्यवसाय चलिरहेको छ । समयको क्रमसँगै १९ वटा जीवन बीमा कम्पनीहरू, २० वटा निर्जीवन बीमा कम्पनीहरू र २ वटा पुनर्बीमा कम्पनीहरूको स्थापना पश्चात् यस क्षेत्रमा जम्मा ४१ वटा कम्पनीहरू मार्फत बीमा कारोबार भई आएकोमा हालै भएको मर्जर पश्चात कम्पनीहरूको सङ्ख्या घट्दो क्रममा रहेको छ ।

यसै क्रममा नेपाल बीमा प्राधिकरणबाट जारी बीमक गाभ्न, गाभिन तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को मिति २०७९/१०/१८ गतेको तेश्रो संसोधनबाट बीमकहरूलाई धेरै सहुलियत प्रदान गरेको समेत छ । सोही बमोजिम मिति २०७९/०३/०६ गतेको परिपत्र नं. ०८/२०७८/७९ तथा मिति २०७९/०३/२० गते पुनः वि.सं.३१०/२०७८/७९ च.नं. ५७९६ को परिपत्रमा कर्मचारीहरूको सम्बन्धमा देहायको ब्यवस्था समेत गरेको छ ।

(क) गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमकमा निजहरूले साविकमा  रहेको पद अनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पद मिलान गर्नुपर्नेछ ।

(ख) गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूको गाभिएर कायम हुने बीमकका कर्मचारीहरूलाई कुनै मर्का नपर्नेगरी र निजहरूले साविकमा खाइपाई आएको तलब, भत्ता तथा सुविधाभन्दा नघट्ने गरी ब्यवस्था गर्नुपर्नेछ ।

(ग) गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूको गाभिएर कायम हुने बीमकमा कार्यरत हुन  इच्छुक नरहेका ब्यवस्थापकीय तथा अन्य कर्मचारीहरूको हकमा उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्नुपर्नेछ ।

माथिको ब्यवस्था भए तापनि कार्यान्वयन भए/नभएको विषयमा अनुगमन भने भएको छैन । माथि उल्लेखित प्रतिनिधि घटनाहरूमा कम्पनी छोडी अन्य कम्पनीमा जाँदा पछिल्लो कम्पनीबाट ३ महिनासम्म पनि अन्तिम हिसाव नगरेको र कर्मचारीले पाउने रकम प्राप्त गर्न नसकेका र सुविधा प्राप्त गर्नका लागि अदालतको समेत गुहार लगाउन बाध्य भएका घटनाहरू समेत हाम्रै बीमा क्षेत्रमा ब्याप्त रहेका छन् ।

बीमा क्षेत्रको विस्तारको क्रम र लगानीको अनुपातमा नाफामा हुनसक्ने बढोत्तरीका हिसावले कम्पनीहरूको मर्जरबाट कम्पनी तथा सोका सञ्चालकहरूलाई खासै लाभ हुने नदेखिए तापनि कर्मचारी बर्गलाई यसले नकारात्मक असर परेको यथार्थ हो । कर्मचारी ब्यवस्थापनमा उच्च ब्यवस्थापनबाट गरिएको उदासिनता र नियामक निकायको अस्पष्ट नीतिका कारणले नै बीमा क्षेत्रबाट दक्ष जनशक्ति पलायन हुने गरेको मान्न सकिन्छ । नेपालकै बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जरलाई नियाल्यौं भने बैङ्कमा लामो समय कार्य गरेका कर्मचारीहरूलाई मर्जर अगावै केही सुविधा सहित स्वेच्छिक अवकाशको ब्यवस्था गरिएको र सम्मानजनक बहिर्गमनको मौका प्रदान गरिएको पाइन्छ । तर बीमा क्षेत्रमा यस किसिमको बहिर्गमनको ब्यवस्था गरिएको पाइँदैन ।

कर्मचारी व्यवस्थापन

कर्मचारी व्यवस्थापन भन्नाले कुनै पनि संस्थाको संस्थागत उद्देश्य प्राप्त गर्नका लागि आवश्यक जनशक्ति वा श्रमशक्ति भन्ने बुझिन्छ र यसको ब्यवस्थापन भन्नाले संस्थाका लागि आवश्यक पर्ने जनशक्तिको योजना बनाउने, छनौट गर्ने, तिनीहरूको क्षमता तथा दक्षता अभिबृद्धि गर्ने, उत्प्रेरणा प्रदान गर्ने र त्यस्ता मानव श्रोतको उचित ब्यवस्थापन गर्दै संस्थाको रणनीतिक उद्देश्य प्राप्त गर्ने पद्दती भन्ने बुझिन्छ ।

कुनै पनि सङ्गठनको परिलक्षित लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा प्रबन्ध गर्ने कार्य च्ष्नजत mबल ष्ल च्ष्नजत एबिअभ नै मानव संसाधन व्यवस्थापन हो । सङ्गठनभित्रका मानिसहरूमा अन्तरनिहित ज्ञान, सीप र क्षमताको विकास गर्ने प्रक्रियालाई मानव संसाधन विकास भनिन्छ । यसले मानिसलाई एउटा संवेदनशील शक्तिको रूपमा उपयोग गर्न सक्दछ । सङ्गठनमा मानवीय श्रोतको प्राप्ति विकास तथा उपभोग गर्ने कार्य नै मानव संसाधन व्यवस्थापन भएकोले यसलाई सङ्गठनको लक्ष्य र उद्देश्य हासिल गर्ने कलाको रूपमा लिन सकिन्छ ।

सङ्गठनलाई नियमित र गतिशील बनाउने प्रकिया मानव श्रोत व्यवस्थापन हो । मानव श्रोत व्यवस्थापन कार्यलाई सङ्गठनमा आवश्यक जनशक्ति अनुमान गर्ने, दक्ष जनशक्ति आकर्षण गर्ने, दक्ष एवम् गुणस्तरीय जनशक्तिलाई संगठनमा भित्र्याई उनीहरूलाई आवश्यक पर्ने तालिम, आवश्यक सेवा सुविधा उपलब्ध गराई सङ्गठनको हितमा उनीहरूलाई उपभोग गर्ने कार्य मानवीय व्यवस्थापन कार्य हो र यसलाइ कर्मचारी व्यवस्थापन पनि भनिन्छ ।

कर्मचारी व्यवस्थापनका कार्यहरू

कुनै पनि संस्थाको उद्देश्य प्राप्तिमा मानव संसाधन पक्षले ठूलो भूमिका खेलेको हुन्छ, संस्थालाई कहाँ र कता लैजाने, संस्थाको ख्याति के कति हुने वा गराउने ? भन्ने मानव संसाधन अन्तर्गत पर्ने विषय हो । त्यसकारण सङ्गठनले आफ्नो मानव संसाधनको विकासका लागि विभिन्न किसिमका कार्यहरू गर्नुपर्ने हुन्छ, जसमध्ये कर्मचारी नियुक्ति गर्नु, कर्मचारीको बृति विकास गर्नु कर्मचारीको मुल्याङ्कन, क्षतिपूर्ति व्यवस्थापन, तालिम एवम् विकास आदि पर्दछन् । कर्मचारी व्यवस्थापनका कार्यहरूलाई व्यवस्थापकीय कार्य र संचालन कार्य गरी थप स्पष्ट पार्न सकिन्छ । व्यवस्थापकीय कार्य अन्तर्गत निम्न कार्यहरू पर्दछन्ः

योजना बनाउने (Planning)

संस्थाका लागि आवश्यक जनशक्ति निधार्रण, भर्ना, तालिम, विकास लगायतका आवश्यक नीति तथा योजना बनाउने कार्य, माग प्रक्षेपण, आपूर्ति प्रक्षेपण सामाजिकीकरण आदि कर्मचारी व्यवस्थापनको पहिलो कार्य हो ।

सङ्गठनात्मक संरचना बनाउने (Organizing)

कर्मचारी व्यवस्थापन अन्र्तगत योजना तयार गरिसकेपछि सङ्गठनमा काम गर्ने सम्पूर्ण कर्मचारीको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार तथा जबाफदेहितालाई समेट्ने किसिमको संरचना निमार्ण गर्ने कार्य, व्यवस्थापन विकास, बृति विकास आदि दोस्रो महत्वपूर्ण काम हो ।

निर्देशन (Direction)

सङ्गठनका व्यवस्थापकीय तहका कर्मचारीले मातहतका कर्मचारीहरूलाई विविध विषयमा आवश्यक जानकारी दिने, आदेश दिने, कार्य सम्पादन मूल्याङ्कन कार्य र निर्देशन दिने कार्य पनि व्यवस्थापकीय कार्य अन्तर्गत पर्ने कार्य हुन् ।

नियन्त्रण गर्ने (Controlling)

कर्मचारीहरूको कार्यसम्पदानको आधारमा उनीहरूले गर्ने कार्यको मूल्याङ्कन, संस्थाप्रतिको इमान्दारिता, जिम्मेवारिता र जवाफदेहिताका आधारमा समय, गुणस्तर तथा प्रयासलाई नियन्त्रण गर्ने र संस्थाको समग्र उद्देश्य प्राप्तितर्फ अग्रसर बनाउने कार्य नै नियन्त्रण हो ।

उल्लेखित बाहेक अन्य कार्यहरू समेत ब्यवस्थापनबाट गरिएका हुन्छन । यस्ता कार्यहरूलाई सञ्चालन कार्यहरू भनी बर्गीकरण गर्न सकिन्छ । कर्मचारी व्यवस्थापनको सञ्चालन कार्य अन्तर्गत निम्न कार्यहरू पर्दछन्ः

कर्मचारी भर्ना तथा छनौट वा प्राप्ति (Acquisition)

संस्थालाई आवश्यक पर्ने मानवीय पक्षलाई प्राप्त गर्ने, तिनीहरूको स्तर निर्धारण गर्ने, भर्ना, आपुर्ती प्रक्षेपण, माग र आपूत्र्ति समायोजन, भर्ना छनौट विश्लेषण गर्ने तथा सामाजीकरण गर्ने कार्य कर्मचारी व्यवस्थापनको सञ्चालन कार्य अन्र्तगत पर्ने पहिलो कार्य हो ।

आवश्यक तालिम र बृत्ति विकास (Training and Upgradation)

सङ्गठनका सम्पूर्ण ख्यातिमा बृद्धि गर्न सङ्गठनमा भएका कर्मचारीलाई समयानुकूल बनाई लक्ष्य प्राप्तिमा अग्रसर बनाउनका लागि आवश्यक तालिम प्रदान गर्ने र बृत्ति विकास गराउने कार्य समेत ब्यवस्थापनबाट गरिनुपर्दछ ।

क्षतिपूर्ति तथा लाभ (Compensation and Benefits)

कर्मचारीलाई उचित कार्य गर्ने उचित वाताबरणका अतिरिक्त उसको दक्षता, क्षमतालाई मूल्याङ्कन गरी तलब तथा भत्ता सुविधा उपलब्ध गराउने तथा उचित पारिश्रमिक निर्धारण गरिने कार्य समेत ब्यवस्थापनले गर्नुपर्दछ ।

अभिलेख राख्ने (Record Keeping)

कुनै पनि सङ्गठन राम्रो हुनका लागि त्यहाँ भए गरेका कार्यहरूको ब्यवस्थित विवरण चाहिएको बेलामा हेर्न र त्यसलाई विश्लेषण गर्न सकिने गरी राखिएको हुनुपर्दछ । यस्ता कार्यहरूमा संस्थाका दैनिक कार्यसँग सम्बन्धित हुनसक्छन् तथा त्यस संस्थामा कार्यरत कर्मचारीहरूका सरूवा, बढुवा, सुविधा थप तथा कटौतीका बारेमा समेत हुने गर्दछन् ।

मूल्याङ्कन तथा अनुसन्धान (Appraisal and Research)

कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन, नैतिकता, नीति र अभ्यासको मूल्याङ्कनका साथै कर्मचारीहरूले कार्य गर्दा आइपर्ने र दैनिक कार्य सञ्चालन गर्दा आइपरेका समस्या र प्रभावको बारेमा आवश्यक मूल्याङ्कन गर्ने, अनुसन्धान गर्ने र त्यस्ता कार्यले संस्थाको लक्ष्य प्राप्तिमा के कस्तो असर गरेको छ र त्यसलाई कसरी निर्मूल गर्न सकिन्छ ? त्यसको वैकल्पिक कार्यहरू समेत तयार गर्ने कार्य पनि कर्मचारी व्यवस्थापनका सञ्चालन कार्य अन्तर्गत पर्ने कार्यहरू हुन् ।

कर्मचारी व्यवस्थापनका चुनौतीहरू

कर्मचारी व्यवस्थापन गतिशील प्रक्रिया भएकोले सङ्गठनले कर्मचारी व्यवस्थापन कार्यमा विभिन्न चुनौतिहरूको सामना गर्नुपर्ने हुन्छ । समयको परिर्वतनसँगै आज सङ्गठन–सङ्गठनबीचको तीब्र प्रतिष्पर्धाका कारण सङ्गठनको स्वरूप तथा आकारमा बृद्धि र परिर्वतन भइरहेको छ । यस अवस्थामा मानव संसाधन व्यवस्थापन निकै चुनौतिपूर्ण भइरहेको छ । नेपालको सन्दर्भमा सार्वजनिक संस्थानहरूमा कर्मचारी व्यवस्थापनको सन्दर्भमा देखिएका मुख्य मुख्य चुनौतिहरूलाई निम्नानुसार उल्लेख गरिएको छ ।

  • विश्वव्यापीकरणको प्रभावले व्यवस्थापनमा देखिएका नवीनतम् अवधारणालाई आत्मसात गर्नु,
  • Right man in Right Place AT Right Time को अवधारणालाई अवलम्बन गर्नु,
  • परिवर्तनशील बातावरण व्यवस्थापन गर्नु,
  • सीप र सिकाइर्को विकास गर्नु,
  • सङ्गठनको उद्देश्य अनुसार कर्मचारी प्रशासनलाई प्रतिष्पर्धात्मक वातारणको सामना गर्नसक्ने गराउनु,
  • परिवर्तित नीति तथा कार्यविधि पालना गर्नु,
  • जनशक्तिको आकार र कार्यक्षेत्र व्यापक पार्दै जनशक्तिको गुणस्तरीयता, गतिशिलता र विविधता बढाउनु,
  • अनुभवी र सक्षम जनशक्तिलाई सङ्गठनमा टिकाइराख्नु,
  • सङ्गठनमा कर्मचारीको बृतिविकास र व्यवसायिकतालाई सुनिश्चित गर्नु,
  • अस्थायी, आङ्शिक ज्यालादारी र करारमा कर्मचारी राख्नुपर्ने प्रवृत्तिलाई निरूत्साहित गर्नु,
  • कर्मचारीमा सङ्गठनप्रतिको निष्ठा, समर्पणभाव र प्रतिवद्धता जोगाई राख्नु,
  • राजनीतिक हस्तक्षेपको अन्त्य गर्दै कार्य प्रवृतिमा परिर्वतन ल्याउनु,
  • कर्मचारी र सेवाग्राहीबीच असल सम्बन्ध विकास गर्नु,
  • प्रविधिमा आएको परिर्वतनलाई आत्मसात् गर्दै जनशक्तिको आकार र क्षेत्रलाई आवश्यक सम्बोधन गर्नु ।

वर्तमान अवस्थामा बीमा क्षेत्रमा कर्मचारी व्यवस्थापनमा देखिएका समस्याहरू

नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको बीमक गाभ्न, गाभिन तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ अनुसार बीमकको घट्दो सङ्ख्यामा कर्मचारी व्यवस्थापन विषय विवादास्पद विषय बनेको यथार्थ हो । यसको मुख्य विवादास्पद विषय भनेको दुई बीमकबीच भएको मर्जरपछिको कर्मचारीको उचित ब्यवस्थापन, उनीहरूको बढुवा, पद मिलान वा श्रेणी मिलान, स्वेच्छिक अवकास र कर्मचारीको समायोजन नै हो । बीमा कम्पनीका कर्मचारीहरू अझै पनि आधुनिक विधि, माध्यम र सिद्धान्तहरूमा भन्दा परम्परागत मूल्य, मान्यता र अभ्यासमा नै अडेका छन् । खासगरी कर्मचारी प्रशासनमा वैज्ञानिक पद्धतिको अभ्यास हुन सकि रहेको छैन । कार्यविवरणको अभाव तथा भएका कार्यविवरणको तयारीतर्फ भएका प्रयासहरूमा पनि कार्यकारी तहको प्रतिबद्धताको अभाव र समन्वयको कमीले गर्दा कर्मचारी व्यवस्थापनमा हाल समस्या देखिएको छ ।

कर्मचारीको व्यवस्थापनमा वैज्ञानिक छनौट प्रणाली, तालिम, पदस्थापन तथा प्रभावकारी सुपरिवेक्षण र समन्वयमा जोड दिने प्रतिवद्धताहरू जाहेर गरिने एवम् योजना र नीतिहरू बन्ने गरे तापनि तिनीहरूको कार्यान्वयन बिरलै मात्र हुने गरेका छन् । आवश्यकता, उत्पे्ररणा र मनोबलमा जोड दिने भनिए पनि त्यसो गर्ने उपयुक्त कार्य योजनाको अभाव छ । प्रोत्साहन, उत्पे्ररणा, मनोबल र पुरस्कार सम्बन्धी व्यवस्थाहरू नभएकै त होइनन्, तर तिनको कार्यान्वयन गर्न सकारात्मक मनोवृत्ति, वस्तुगत मूल्याङ्कन र स्वच्छ अनि निष्पक्ष वातावरणको कमी छ । समूह मान्यता, मूल्य, प्रबृत्ति र वातावरणीय तत्वहरू बढी नियन्त्रणमुखी छन् ।

बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूका मुख्य समस्याहरूमा कर्मचारीमा पेशागत विशेषज्ञताको अभाव, ज्ञान र सीप सिकाईमा समय सापेक्षताको अभाव, नवीनतम् प्रविधि तथा प्रशासनिक विधिहरू अवलम्बन गर्ने क्षमताको कमी, अध्ययन अनुसन्धान र रचनात्मकताको कमी, कर्मचारीहरूको व्यक्तिगत स्वार्थनिहित उद्देश्य र मान्यताप्रति उचित ध्यान दिननसक्नु, सङ्गठनात्मक व्यवहारको पाटोलाई वास्ता नगरिनु, अधिकार प्रत्यायोजन तथा सहभागितामूलक निर्णय गर्न नखोज्ने प्रबृत्तिले कर्मचारीहरूको कार्यदक्षता र क्षमतामा विकास हुन नसक्नु, पुरस्कार र दण्ड सजायको प्रभावकारी व्यवस्था हुननसक्दा कमजोर अनुशासन स्थिति, कर्मचारीका न्यूनतम आवश्यकता पूर्ति गर्नसम्म पनि नपुग्ने पारिश्रमिकको व्यवस्था, बीमा व्यवसायमा काम गर्न यस क्षेत्रलाई योग्य व्यक्तिहरूको आकर्षणको केन्द्र बनाउन नसक्नु, कर्मचारी प्रशासनलाई राजनीतिक प्रभावबाट अलग तुल्याउन नसक्दा कर्मचारीहरू सेवाग्राहीप्रति नभई राजनीतिप्रति बफादार हुनु आदि बीमा कम्पनीमा कर्मचारी व्यवस्थापनमा देखिएका मुख्य समस्याहरू हुन् । यी र यस्ता समस्याहरूलाई समाधान गर्न सकेमा मात्र समग्र बीमा व्यवसायलाई सबल, सक्षम र देशकाल सुहाउँदो बनाउदै बीमा क्षेत्रलाई सबै दक्ष जनशक्तिहरूको आकर्षणको केन्द्र बनाउन सक्ने सम्भावना रहन्छ ।

कम्पनीको मर्जर पश्चात कर्मचारी व्यवस्थापनमा देखिएका चुनौतिहरू

हाल बीमा कम्पनीहरूको मर्जर पश्चात् बीमा कम्पनीका कार्यरत कर्मचारीहरूमा अनिश्चितताको प्रश्न चिन्ह खडा भएको छ । यसमा नियामक निकायसँग गुहार र उच्च ब्यवस्थापनसँग आपसी समन्वय गरी अगाडि बढ्नुको बिकल्प नरहेको तथ्य हामीसामु रहेको छ । यसै सन्दर्भमा कम्पनीहरूको आपसी मर्जर र सो पश्चात् कर्मचारीको ब्यवस्थापनमा रहेका केही चुनौतिहरूलाई निम्नानुसार ब्याख्या गर्न सकिन्छः

  • कर्मचारीहरूको समायोजन र बृत्ति विकासका सम्बन्धमा समयसान्दर्भिक रूपमा कार्य गर्नु,
  • उच्चपदस्थ कर्मचारीहरूमा रहेको स्वार्थको अन्त्य गर्नु,
  • विद्यमान कानूनको अनुसरण गर्दै अनुशासनहिनताको अवस्था हटाई स्वच्छता कायम गर्नु,
  • बीमा कम्पनीहरूमा विद्यमान दण्डहिनताको अन्त्य गर्दै खराब कामलाई दुरूत्साहन र असल कामलाई प्रोत्साहन एवम् पुरस्कृत गर्नु,
  • आन्तरिक अशान्ति र अस्थिरताको सामना गर्दै अगाडि बढ्नु,
  • बीमा क्षेत्रमा आएका नवीनतम् प्रविधिहरूलाई अधिकतम प्रयोग गर्नु,
  • बीमा व्यवसायलाई समय सापेक्ष बनाई ब्यवसायलाई देश, काल र माटो सुहाउँदो बनाउदै समाजमा आफ्नो छवि सुदृढ गर्नु

बीमा कम्पनीहरूको मर्जर पश्चात् कर्मचारी व्यवस्थापनमा देखिएका समस्याको समाधान बीमा कम्पनीहरूको हालैको मर्जर पश्चात् विविध समस्याहरू देखिएका छन् र ती समस्याहरूले समग्र बीमा क्षेत्रलाई अल्पकालिन तथा दीर्घकालिन रूपमा असर गरेकै छन् । उल्लेखित समस्याहरूलाई समयमा नै सम्बोधन गरिएन भने यस क्षेत्रमा रहेका विज्ञहरूको पलायन र नयाँ तथा दक्ष जनशक्तिको आगमन नै नहुने भएमा बीमाको क्षेत्रमा दीर्घकालिन असर हुनजान्छ । यसलाई तुरून्त समाधानतर्फ लैजानु आजको आवश्यकता हो । यसै सन्दर्भमा ती समस्याहरूलाई समाधन गर्न वा सम्बोधन गर्नका लागि निम्नानुसारका केही सुधारात्मक कदम चाल्नु जरूरी रहेको छ । यसले गर्दा यस क्षेत्रमा भएका दक्ष जनशक्तिलाई टिकाइराख्न मद्दत पुग्दछ भने नयाँ जनशक्ति समेत यतातर्फ आकर्षित हुनगई अन्ततः बीमाको दायरा फराकिलो बन्ने निश्चित हुन्छः

  • बीमकको मर्जर पश्चात् कर्मचारी ब्यवस्थापनमा प्रभावकारी नीति तथा कार्यक्रमको निर्माण गरी लागू गर्नुपर्ने,
  • बीमाप्रति कर्मचारी तथा ब्यवस्थापनको पेशेवारिता (Professionalism) को विकास गर्ने,
  • बीमकमा कार्यरत कर्मचारी र उच्च ब्यवस्थापनबीच उत्पन्न समस्याको समाधान गर्नका लागि
  • अन्तर्राष्ट्रिय श्रम सम्बन्धका सिद्धान्तहरूको परिपालन, अनुपालन गर्ने,
  • बीमा आफैंमा शुद्ध प्राविधिक बिषय भएको र प्रबिधिमा भएका सम्पूर्ण उपलब्धीलाई बीमाको विकासमा उचित ब्यवस्थापन तथा समायोजन गर्ने,
  • संस्थामा भएका विविध प्रणालीको विकास गर्ने र तिनीहरूको उपयोगितालाई दैनिक कार्यस्थलमा कार्यान्वयन गर्ने,
  • विश्वव्यापीकरणले विश्वलाई एक स्थानमा जोडेको सन्दर्भमा विश्वव्यापीकरणले प्रदान गरेका नवीनतम् उपलब्धीलाई स्थानीयकरण गर्ने,
  • संस्थामा कार्यरत कर्मचारीहरूका सेवा, सुविधा तथा बृत्ति विकासको प्रक्रियाको सुनिश्चितता गर्ने तथा एकरूपता कायम गरी कार्य वातावरणको सुनिश्चितता कायम गर्ने,
  • कार्यरत कर्मचारीहरूको कार्यस्थलको सुरक्षाको प्रत्याभूति विभिन्न दुर्घटना तथा जीवन बीमा मार्फत गर्ने,
  • समग्र बीमा क्षेत्रमा ब्यवसायिकताको विकासका लागि विभिन्न अनुसन्धानहरू गर्ने र अन्य विकसित मुलुकहरूमा भए गरेका विभिन्न कार्यहरूको अनुरिण गर्ने र नविनतम् उपलब्धीहरूलाई कार्यान्वयन गर्ने,
  • मानव संसाधनका मौद्रिक तथा गैरमौद्रिक उत्प्रेरणाका अवसरहरूलाई यथोचित ब्यवस्थापन गर्ने र कार्य वातावरण तयार गर्ने ।

अन्त्यमा, बीमा क्षेत्रको शुरूवात भएको झण्डै आठ दशक भए तापनि यसको विकास र विस्तार तथा प्रोफेशनल विकासमा चाहिँ हामी पछाडि नै रहेका छौं । विगत आठ दशकको अभ्यासले बीमा व्यवसायलाई कसरी सबैको पहँुचमा पु¥याउने, बीमा ब्यवसायलाई कसरी नियमित एवम् व्यवस्थित बनाउने, बीमा व्यवसायलाई समग्र अर्थतन्त्रको आधारस्तम्भको रूपमा स्थापित कसरी गर्ने ? भन्ने बारेमा यस विषयसँग सम्बन्धित निकायहरूले नीति, योजना र कार्यक्रमहरू तर्जूमा गरे तापनि बीमा व्यवसायलाई गतिशील बनाउने मानवीय पक्ष हो भन्ने कुरालाई सम्बन्धित पक्षले मनन् गर्न नसक्दा यो क्षेत्र गुणस्तरीय एवम् दक्ष सीपयुक्त जनशक्तिको आर्कषकको क्षेत्र बन्न सकेको छैन ।

बीमा क्षेत्रमा हुने अनावश्यक खिचातानी तथा अस्वस्थ्य प्रतिष्पर्धाको कारण भएका जनशक्ती पनि यस क्षेत्रबाट पलायन हुनथालेको पाइन्छ । बदलिँदो परिवेश र अवस्थालाई मध्यनजर गर्दै समग्र बीमा क्षेत्रलाई मानव जीवनको आधारभूत आवश्यकताको विषय बनाई यसको विकास र विस्तार गर्न कर्मचारीहरूलाई आवश्यक नीति, योजनाको तर्जूमा मार्पmत समयको विकास, प्रविधिको विकास तथा सञ्चार क्षेत्रले गरेको विकासलाई बीमाका हरेक क्षेत्रमा संस्थागत गर्दै अगाडि बढाउने जिम्मा कर्मचारीमा नै रहने सत्यलाई अत्मसात् गर्दै कर्मचारी क्षेत्रसँग सम्बन्धित हरेक मागहरूको न्यायोचित सम्बोधन मार्फत समग्र बीमा क्षेत्रको विकास गर्दै जानुको विकल्प हामीसामु छैन ।

(कोइराला राष्ट्रिय बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । प्रस्तुत लेख नेपाल बीमा प्राधिकरणले ५५  औ वार्षिकोत्सवको असरमा प्रकाशित समाचार र विचार नामक विशेषाङ्कबाट लिइएको हो ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सुवास कोइराला
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS