Connect IPS
IME Life

ब्याजदर घट्ने संकेत पछि शेयर बजारले लियो गति, एकै दिन ५१ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा पछिल्लो एक साताको सुधारले लगानीकर्तालाई राहात प्रदान गरेको छ । एक सातामा नेप्से सूचक १२४ अंकले सुधार भएको छ । पछिल्लो वियरिस बजारमा नेप्से सूचक सर्वाधिक तल झर्ने क्रममा १८१८.३१ अंकसम्म तल झर्यो ।

बैंकिङ प्रणालीमा तरलता बढ्न थाले सँगै शेयर बजारमा उछाल आएको हो । बैंकरहरुले आगामी दिनमा व्याजदर थप घट्ने संकेत दिइसकेका छन् । बैंकरहरुले बैंक व्याजदर कोभिड १९ कै समयकै हाराहारीमा झर्ने आकलन गरेका छन् । व्याजदर कोभिड १९ कै अवधिमा तल झर्नका लागि बजारमा प्रयाप्त तरलता प्रवाह हुनु पर्छ । बैंकिङ प्रणालीमा तरलता बढ्नु भनेको शेयर बजारका लागि सबैभन्दा राम्रो समय हो ।

Prabhu
Crest

यस्तो समयमा बैंकहरुले सहजै शेयरधितो कर्जा प्रवाह गर्दछन् । सहज रुपमा शेयरधितोकर्जा प्रवाह हुने वित्तीकै शेयर बजारमा माग बढ्छ ।

मंगलबार नेप्से सूचक ५१.३१ अंकले बढेर १९४२.६३ अंकमा रोकिएको छ । आज कारोबार सुरु हुने वित्तीकै बढ्न थालेको थियो । सूचक सँगै कारोबार रकम पनि एक अर्ब २० करोड रुपैयाँ नाघेको छ । मंगलबार २१९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा २ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । सर्वाधिक मूल्य बढ्ने क्रममा ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै शिवमर सिमेन्टको मात्रै १० करोड माथिको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS