Connect IPS
IME Life
Beema Board

जीवन बीमा व्यवसायमा बीमा अभिकर्ताको भूमिका, इश्वर प्रधानको लेख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । “जीवन बीमा” भत्राले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसँग गरेको करार सम्झनु पर्छ । (बीमा ऐन, २०७९)

जीवन बीमा व्यवसाय अन्तर्गत बीमकले आजीवन जीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गरी तीन किसिमका बीमा व्यवसाय गर्न सक्नेछन् । (बीमा नियमावली, २०४९) “बीमा अभिकर्ता” भत्राले बीमकको कर्मचारी बाहेक बीमकको तर्फबाट कमिसनको आधारमा काम गर्ने इजाजतपत्रप्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनु पर्छ । (बीमा ऐन, २०७९)

Prabhu
Crest

बीमा अभिकर्ताले धेरै पक्षको हितलाई ध्यानमा राखि बीमा गर्नु गराउनु पर्ने हुन्छ । बीमा अभिकर्ताले बीमक, बीमित, बीमा बजार, बीमा अभ्यास तथा अन्य सरोकारवाला पक्षहरुको हितलाई समेत ध्यानमा राखेर आनो भूमिका निर्वाह गर्नु पर्दछ ।

बीमा अभिकर्ताको भूमिका

बीमा अभिकर्ताले मुख्य गरी बीमितको हितलाई विशेष ध्यान दिई बीमा गराउनु पर्दछ । उसले बीमकको हितलाई समेत ध्यान दिनु पर्दछ । यसका अतिरिक्त सरकार, बीमा नियमनकारी निकाय, र अन्य बीमा सम्बन्धी सरोकारवाला पक्षको नीति तथा कार्यक्रमलाई समेत मध्यनजर गरेर आफ्नो भूमिका निर्वाह गर्नु पर्दछ ।

१. बीमितप्रति अभिकर्ताको भूमिका

“बीमित” भत्राले बीमा गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले बीमालेखबाट लाभ लिन पाउने अधिकार भएको व्यक्तिलाई समेत जनाउँछ । (बीमा ऐन, २०७९) जीवन बीमा व्यवसायमा बीमित भन्नाले बीमाबाट रक्षावरण हुने व्यक्तिलाई बुझ्न सकिन्छ । जसको बीमा गरिन्छ उही नै बीमित हो ।

अभिकर्ता जहिले पनि बीमित तथा ग्राहकसँगै हुने हुँदा उसको आवश्यकता पनि अभिकर्ताले बुझेको हुन्छ । ग्राहकलाई कस्तो प्रकारको बीमालेख बिक्री गर्न उचित हुन्छ भनेर अभिकर्ताले सहजै आंकलन गर्न सक्दछ । ग्राहकको आवश्यकतालाई गहिराई सम्म बुझ्नु पर्दछ । ग्राहकको लागि उचित हुने बीमालेख बिक्री गर्नु पर्दछ । ग्राहकलाई सही बीमालेख छनौट गर्न सल्लाह, सुझाव र सहयोग गर्नु पर्दछ ।

ग्राहकको आय स्तर के छ ? त्यसको आधारमा बीमाड्ढ र प्रिमियम निर्धारण गर्नु पर्छ । बीमा गर्न मञ्जुर गर्यो भन्दैमा बीमा अवधि भर प्रिमियम तिर्नै नसक्ने गरी बीमा गराउनु हुदैन । आम्दानी नियमित छ कि छैन विचार गर्नु पर्छ । ग्राहकको आम्दानी नियमित र निश्चित छ भने उसलाई सावधिक जीवन बीमा गराउनु उचित हुन्छ । सावधिक जीवन बीमा निश्चित अवधिको हुन्छ । बीमितले उक्त अवधिसम्म नियमित रुपमा प्रिमियम भुक्तानी गर्नु पर्दछ । यस्तो बीमाले सोही अवधिसम्मको लागि जोखिम वहन गर्दछ । सावधिक जीवन बीमाको अवधि समाप्त भए पश्चात बीमा परिपक्व हुन्छ ।

त्यसबेला बीमितले बीमाड्ढ रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी पाउँदछ । त्यस पछि बीमा निष्कृय हुन्छ । सरकारी वा अन्य रोजगारी गर्ने व्यक्तिहरुको लागि सावधिक जीवन बीमा उपयुक्त हुन्छ । सावधिक जीवन बीमा अन्तरर्गत पनि अग्रीम भुक्तानी किसिमका बीमालेख प्रचलनमा रहेका हुन्छन् ।

बीमाको समयावधि सक्किनु भन्दा अगाडि नै पैसाको खाँचो पर्ने व्यक्तिलाई चाहिँ अग्रीम भुक्तानी किसिमको बीमालेख बिक्री गर्नु उपयुक्त हुन्छ । यसो हुँदा बीमितको वित्तीय आवश्यकता पनि पुरा हुन्छ साथै निजको जोखिमको पनि रक्षावरण हुन्छ ।

कतिपय ग्राहक वर्तमानको भन्दा भविष्यको चिन्ता गर्ने हुन्छन् । उनीहरु आनो भन्दा आश्रित परिवारको पीर गरिरहेका हुन्छन् । त्यस्ता ग्राहकका लागि आजीवन जीवन बीमा गराउँदा उपयुक्त हुन्छ । आजीवन जीवन बीमा गर्दा बीमितको मृत्यु भए पश्चात आश्रित परिवारलाई एकमुष्ट रकम प्राप्त हुन्छ । आजकल कतिपय बीमा कम्पनीमा मृत्यु भए पश्चात दिनुको सट्टा वृद्ध अवस्थामा निश्चित उमेर पुरा भए पछि (जस्तै ८० वर्ष, ८५ वर्ष) पनि भुक्तानी गर्ने गरी बीमा योजना बिक्री गर्न थालिएको पाईन्छ ।

त्यसै गरी, जो सँग थोरै पैसा छ तर उसलाई आनो आश्रित परिवारको भविष्यको चिन्ता छ भने उसलाई सानो बीमाड्ढको सावधिक जीवन बीमा खरिद गर्न सल्लाह दिनुपर्छ । आम्दानी बढेपछि मात्र ठूलो बीमाड्ढको बीमा खरिद गर्न सल्लाह दिनुपर्छ । थोरै पैसा हुने तर बीमा गर्न चाहनेलाई म्यादी जीवन बीमा बिक्री गर्दा पनि उचित हुन्छ । पैसाको अभाव भएका, जग्गा जमिन खरिद वा घर खरिद/निर्माण गर्दा ठूलो रकमको ऋण पर्न जान्छ । त्यस्ता व्यक्तिको ऋण चुक्ता नहुँदै मृत्यु भएमा परिवारले आयकर्ता गुमाउनुका साथै ऋणको भार थपिएको हुन्छ । उक्त ऋण नतिर्दा वित्तीय संस्थाले घर जग्गा लिलामी गरी असुली गर्दछ । यस्तो अवस्थामा आश्रित परिवारले अविभावक गुमाउनुका साथै जोडेको सम्पत्ति समेत गुमाउनु पर्ने अवस्था सृजना हुन सक्छ । त्यस्तो व्यक्तिको कम्तीमा ऋण रकम बराबरको भए पनि म्यादी जीवन बीमा गर्न सल्लाह दिनु पर्छ ।

बालबच्चा हुने परिवारको लागि बच्चा र अविभावक दुबै जनाको जोखिमको रक्षावरण हुनेगरी जीवन बीमा गराउनु उचित हुन्छ । बच्चाको बीमा गर्दा अभिकर्ता तथा प्रस्तावित बीमितले ध्यान दिनुपर्ने कुरा के छ भने । बच्चाको बीमामा बच्चा नाबालक हुने हुँदा प्रस्तावक अनिवार्य हुन्छ । जहिले पनि प्रस्तावक आयकर्ता हुन पर्छ । यदि प्रस्तावक आम्दानी गर्ने व्यक्ति नभएमा बीमाबाट राहत पाउनको सट्टा झन बोझ हुनसक्छ । उदाहरणको लागि – माता र पिता मध्ये माता चाहि गृहिणी र पिता चाहि आम्दानी कर्ता हुनुहुन्छ । प्रस्तावकमा आम्दानी कर्ता पिता राख्नुको सट्टा माताजी राखिएको अवस्थामा यदि पिताजीको निधन भएमा बीमालेख माताजी र बच्चाको नाममा भएकोले बीमकबाट कुनै पनि रकम पाईदैन किनकी त्यहाँ पिताजीको बीमा नै छैन । यसले गर्दा बीमाबाट कुनै पनि पैसा नआउने साथै बीमाको प्रिमियम पनि तिर्नुपर्ने, अर्कोतर्फ आम्दानी कर्ता पनि गुमाउनु पर्ने अवस्था आउछ । यसको सट्टा बीमा गर्दा आम्दानी कर्ता पिताजी प्रस्तावक बसेको खण्डमा पिताजीको निधन हुँदा आगामी प्रिमियम तिर्नु पर्दैन उल्टै बच्चालाई आर्थिक सहायता पनि प्राप्त हुन्छ । यसो हुँदा बीमाले सार्थकता पाउँछ ।

त्यसैले बच्चाको बीमा गर्दा प्रस्तावक राख्दा विशेष ध्यान दिनुपर्छ यो कुरामा अभिकर्ता चनाखो हुनुपर्छ । बच्चाको बीमा गर्दा बच्चालाई उच्च शिक्षा अध्ययन गर्दा उल्लेख रकमको आवश्यक पर्ने भएको उक्त रकमको योजनाबद्ध ढंगबाट बीमाड्ढ निर्धारण गर्नुपर्छ । बीमा समाप्तिमा प्राप्त हुने बीमाङ्क र आर्जित बोनसले शिक्षाका लागि आवश्यक पर्ने पैसाको व्यवस्थापन हुने गरी गर्नुपर्छ । बीमा अवधि पनि बच्चाको उच्च शिक्षा पढाईको लागि मिलान हुने गरी निर्धारण गरेर बीमा गर्नुपर्छ । यस्ता कुरामा बीमितलाई ज्ञान नहुन सक्छ त्यसैले यसमा विशेष ध्यान पुर्याउनु अभिकर्ताको दायित्व हो ।

अभिकर्ताले बच्चाको जन्मदिन, दशैं, तिहार लगायतका चाडपर्वमा संकलन हुने पैसालाई बचतमा परिणत गरी सानो सानो बीमा गराउन प्रोत्साहन गर्नुपर्छ । बीमा अभिकर्ताले बीमितलाई बीमा गराउँदा कमिशन पाउने आसमा बीमा गराउने भन्दा पनि बीमितको सर्वोपरी हितको लागि बीमा गराउनु पर्छ । बीमितको उच्चतम् हितलाई ध्यान राखि बीमा गराउँदा अभिकर्ताले स्वतः कमिशन पाईहाल्छ ।

बीमा अभिकर्ताले बीमा गराउँदा बीमितलाई धेरै राम्रो गर्ने तर बीमा भैसकेपछि वास्ता नै नगर्ने गरेको पनि सुनिन्छ । तर त्यस्तो व्यवहार गर्नु हुदैन । बीमितलाई अभिकर्ताले भगवान मान्नु पर्छ । बीमितलाई बीमा गराईसके पछि जीवनभर सेवा गर्नुपर्छ । बीमा सम्बन्धी सेवा त अनिवार्य रुपमा गर्नै पर्यो । त्यो देखि बाहेक अन्य आवश्यक सेवाहरु पनि पु¥याउनु पर्छ । जस्तै बीमित बिरामी पर्दा अस्पताल लान ल्याउन सहयोग गर्नुपर्छ । कुनै कानूनी समस्या पर्यो भने आफूले चिने जानेको कानूनी परामर्शदातासँग भेट गराइदिने आदि जस्ता कार्यमा बीमितलाई सर सहयोग र सल्लाह दिनु पर्छ ।

अभिकर्तासँग बीमा गराउने सन्दर्भमा विभिन्न पेश व्यवसायका व्यक्ति एवं व्यक्तित्वहरुसँग चिनजान रहेको हुन्छ । अभिकर्ताले बीमितलाइ आनो परिवारको सदस्य जस्तै सम्झी आफले जाने बुझेको मानवीय सहयोग र राय सल्लाह दिनुपर्छ ।

अभिकर्ताले आफूलाई बीमितको ठाउँमा राखेर निर्णय गर्न सल्लाह दिनु पर्दछ । जो अभिकर्ता बीमितको हितलाई उच्च प्राथमिकतामा राखि कार्य गर्छ आजको दिनमा उसैले सफलता हात पार्दछ । त्यसैले अभिकर्ताको बीमित प्रति अहम् भूमिका रहेको हुन्छ ।

२. बीमा कम्पनीप्रति अभिकर्ताको भूमिका

सामान्यतथा जीबन बीमा व्यवसाय अभिकर्ता मार्फत गर्ने गरिन्छ । यो विश्वव्यापी प्रचलन नै हो । बीमितलाई बीमा सम्बन्धी पर्याप्त ज्ञान नहुने हुँदा अभिकर्ता मार्फत बीमितलाई बीमा सम्बन्धी जानकारी प्रदान गरिन्छ । बीमा कम्पनीले सबै ग्राहकहरुको सामुन्ने आनो उपस्थिति पुर्याउन कठीन हुन्छ । यसो गर्दा बीमकलाई अधिक रुपमा व्यवस्थापन खर्च लाग्दछ । बीमा कम्पनीले दीर्घकालीन कर्मचारी खर्च र दायित्व न्यूनीकरण गर्ने हेतुले बीमा व्यवसाय अभिकर्ता कमिशन मार्फत सञ्चालन गरेका हुन्छन् ।

अभिकर्ताले बीमा कम्पनीको प्रतिनिधित्व गर्दछन् । बीमा अधिकर्ताको माध्यमबाट नै बीमा व्यवसाय हुन्छ । कम्पनीको बजारीकरण पनि यिनै अभिकर्ताहरुबाट भैरहेको हुन्छ । बीमा कम्पनीको सफलता अभिकर्ताको हातमा हुन्छ भने अभिकर्ताको रोजीरोटी पनि बीमा कम्पनीमा निर्भर हुन्छ । त्यसैले बीमा कम्पनी र बीमा अभिकर्ता एक अर्काका परिपूरकको भूमिकामा रहेको हुन्छन् ।

बीमा अभिकर्ताको बीमा व्यवसायको कार्य गर्दा अत्यन्त निपुर्ण ढंगबाट प्रस्तावित बीमितको छनौट गरी बीमा गर्न सिफारिश एवं प्रस्ताव गर्नुपर्छ । वित्तीय जोखिमाड्ढन प्रभावकारी रुपमा गर्नु पर्दछ । लामो अवधिसम्म प्रिमियम तिर्न सक्ने नसक्ने यकिन गर्नुपर्छ । आम्दानीको श्रोत कस्तो हो थाहा हुनुपर्छ । यदि गैरकानूनी आर्जित सम्पत्तिबाट बीमा गर्न खोजिएको हो भने बीमितसँगै अभिकर्ता र बीमा कम्पनी पनि सम्पत्ति शुद्धिकरण तथा आतंकबादी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरमा दण्डभागी हुने गर्दछ । त्यसैले प्रस्तावकको आयको स्रोत सही ढंगबाट यकिन गर्नु आवश्यक हुन्छ ।

बीमा अभिकर्ताले प्रस्तावकको स्वस्थ्य स्थितिको बारेमा पनि उत्तिकै चनाखो भई बीमा कम्पनीलाई प्रतिवेदन गर्नु पर्दछ । सानो तिनो बीमाड्ढको हकमा बीमा कम्पनीले स्वास्थ्य जाँच नगरी विस्वासको आधारमा स्वास्थ्य विवरणमात्र उल्लेख गर्न लगाउने गर्दछ । प्रस्तावकको स्वास्थ्य सम्बन्धमा कुनै कैफियत भएमा सोको जानकारी अभिकर्ताले बीमा कम्पनीलाई प्रतिवेदन गर्नुपर्दछ । ठूलो बीमाड्ढको हकमा बीमा कम्पनीले प्रस्तावकको स्वास्थ्य जाँच गरी रिर्पोट माग गर्दछ ।

यस्तो स्वास्थ्य जाँच गर्दा प्रस्तावकले स्वास्थ्य संस्थामा वास्तविक स्वास्थ्य परिक्षण गराए नगराएको बारेमा बीमा कम्पनीलाई थाहा दिनुपर्छ । कतिपय प्रस्तावकले आफूलाई दीर्घकालीन रोग लागेको थाहा पाईसके पछि ठूलो बीमाङ्कको बीमा गरी आर्थिक लाभ लिन खोज्ने गरेको समेत देखिएको छ । यस्तो अवस्थामा बीमितले जालसाजी गरी बीमा गराएको प्रमाणित भएमा कुनै पनि दाबी रकम पाउदैन । त्यसैले यस्ता कुराहरुमा अभिकर्ता चनाखो हुनुपर्छ ।

कतिपय अवस्थामा ठूलो रकमको बीमा गराई परिवारको सदस्य तथा अन्य व्यक्तिले बीमितको हत्या गरी दाबी लिने गरेको समाचार पनि सुन्ने गरिएको छ । यसका लागि अभिकर्ताले प्रस्तावकसँग बीमा गर्नुको मुख्य उद्देश्य के हो भनेर विश्वस्त हुने गरी सोध्नु पर्छ साथै उसको जवाफ वास्तविक हो कि होइन यकिन गर्नु पर्छ ।

बीमा अभिकर्ताले बीमितको प्रभावकारी जोखिमाड्ढन गरी बीमा कम्पनीलाई आर्थिक क्षति नहुने गरी बीमा व्यवसाय गर्नमा भूमिका खेल्न सक्दछ । बीमा कम्पनीको क्षति अनुपात न्यून भएमा बीमा कम्पनी नाफामा जान्छ । नाफाको आधारमा बीमितले पाउने बढी बोनस दरमा पनि बृद्धि हुने सुनिश्चित हुन्छ । अभिकर्ता पाउने कमिशनका अतिरिक्त प्रोत्साहन भत्ता लगायतका सुविधाहरु पनि बढ्ने गर्दछ । तसर्थ, बीमा कम्पनीको नाफा, बीमितले पाउने बोनस दर र अभिकर्ता सुविधामा पनि अभिकर्ताको उल्लेख्य भूमिका रहेको हुन्छ । यसबाट अभिकर्ता थप अभिप्रेरित भई थप बीमा गराउन खोज्दछन् भने बोनस दरमा बृद्धि भैसके पश्चात बीमितलाई बीमा र बीमा कम्पनी प्रति विश्वास दिलाउन समेत सहजता मिल्दछ । त्यसैले अभिकर्ताको कार्यले कम्पनीले प्रगति गर्ने नगर्ने निर्धारण हुन्छ ।

३. बीमा बजारप्रति अभिकर्ताको भूमिका

नेपालको बीमा बजार अपरिपक्व छ । एउटा कम्पनीले अर्को कम्पनीको खराबी कुरा भनेर बीमा व्यवसाय तानातान गर्ने प्रवृति छ न कि आफ्नो राम्रो कुराको प्रचार प्रसार गरेर । जीवन बीमा कम्पनी जुनसुकै भए पनि जोखिमको रक्षावरण गर्ने कुरो एउटै हो । अलिकति बोनस दर धेरै थोरै होला । तर हालको बोनस दर घटबढ हुन सक्छ । अहिले बढी बोनस दर भएको कम्पनीको भन्दा नयाँ कम्पनीले राम्रो कार्यसम्पादन गरी आगामी वर्षमा त्यो भन्दा बढी बोनस दर कायम गर्न सक्दछ । मुख्य कुरा जोखिम वहन हुन्छ कि हुदैन त्यसमा ध्यान पुर्याउनु पर्दछ ।

कतिपय अभिकर्ताले एउटा कम्पनीको बीमालेख सर्मपण गर्न लगाई आफूले काम गरेको कम्पनीमा बीमा गराउन लगाउने गरेको समेत पाइन्छ । यसले गर्दा बीमितलाई दोहोरो घाटा हुन्छ । एक तर्फ बीमालेख सर्मपण गदा चुक्तामूल्यमा Present Value Factor ले गणना गर्दा कम पैसामात्र फिर्ता आउछ अर्कोतर्फ नयाँ बीमालेख खरिद गर्दा हालको उमेर पहिलेको भन्दा बढी भएकोले प्रिमियम बढी लाग्ने गर्दछ । यसले बीमा बजार dropout rate मा बृघिद्ध हुन्छ । जुन चबतभ लाइ बीमा बजार नकरात्मक सूचकको रुपमा लिइन्छ । यसले गर्दा बीमा बजार प्रतिको विश्वासमा कमी ल्याउदछ ।

बीमा अभिकर्ताले आफ्नो कम्पनीको बीमा योजनाको बारेमा जानकारी एवं प्रचार प्रसार गर्नु पर्दछ । बीमितले बीमा योजनाको फाईदाहरु हेरेर बीमालेख खरिद गर्ने नगर्ने निर्णय गर्दछन् । बीमा बजारको बिकास गर्नका लागि अभिकर्ताहरु एकजुट भएर एकीकृत रुपमा बीमा अभियान सञ्चालन गर्नु पर्दछ । सानो सानो आयस्रोत भएका बीमितलाई पनि बीमा गर्न प्रोत्साहन गर्नु पर्दछ । उनीहरुलाई लघुबीमाको दायरामा ल्याउन सहयोग गर्नुपर्दछ । बास्तवमा धेरै पैसा हुनेलाई भन्दा थोरै पैसा हुनेलाई बीमाको आवश्यक पर्दछ । धेरै धेरै पैसा हुनेसँग त पैसा भैहाल्छ नि, पैसा नहुने निम्न वर्गीय मानिसलाई कुनै घटना घटी आर्थिक समस्या परेमा पैसा साह्रै खाचो पर्दछ । त्यसैले थोरै पैसा हुनेलाई बीमाको जरुरत पर्दछ । वास्तवमा उनीहरुले बीमा गर्नका लागि पैसा छुट्याउनै सक्दैनन । त्यसका लागि अभिकर्ताहरुको कमिशनबाट न्यूनतम १–२% रकम कट्टा गरी एउटा कोष निर्माण गर्ने र सो कोषबाट त्यस्ता निम्न वर्गको मानिसहरुको लागि एक लाख रुपैयाँको भएपनि म्यादी जीवन बीमा गर्ने गरी व्यवस्था गर्न सकिन्छ । यसले गर्दा बीमा बजारमा अभिकर्ताको एक किसिमको योगदान रहन्छ ।

४. राज्य र समाजप्रति अभिकर्ताको भूमिका

अभिकर्ताको कमिशनमा पन्ध्र प्रतिशत स्रोतमा कर कट्टी गर्ने कानूनी व्यवस्था रहेको छ । यस व्यवस्थाको कारण अभिकर्ताहरुको कमिशन आम्दानीबाट राज्यलाई उल्लेख्य कर राजश्व प्राप्त भैरहेको हुन्छ ।

प्रायजसो बीमितहरु कुनै न कुनै अभिकर्ताबाट नै बीमा गर्न प्रेरित भएका हुन्छन् । बीमा अभिकर्ताले बीमितलाई सही समयमा बीमा गर्न अनुरोध गरी बीमा गरिएको अवस्था उक्त व्यक्तिको अकालमा मृत्यु भएको खण्डमा बीमा कम्पनीबाट भुक्तानी हुने दाबी रकमले उक्त मृत बीमितको परिवारलाई आर्थिक सहायताको काम गर्दछ । परिवारका बालबच्चाको पालन पोषण र शिक्षामा उक्त रकमको उपयोग हुन सक्दछ । यसले गर्दा उक्त परिवारको बिजोग हुनबाट बच्दछ । यसरी समाजमा घटना घटेका परिवारको मूल सदस्यको बीमा गरिएको खण्डमा आश्रितको बिचल्ली हुनबाट अभिकर्ता पेशाले जोगाउन सक्दछ । बीमा अभिकर्ताले समाजमा बचत गर्ने बानीको भावना बिकास गर्न भूमिका खेलेको हुन्छ ।

जीवन बीमाको वार्षिक तिर्ने प्रिमियम मध्ये चालीस हजार रुपैयाँसम्म कर छुट हुने हुँदा रोजगारी आयमा सो कर छुट वापतको रकम खर्च गर्न योग्य आयमा परिवर्तन हुन सक्दछ । बीमा गरेको बृद्ध बृद्धालाई आना सन्ततिले पैसाको लोभमा भएपनि माया र सम्मान हुने गरेको पाईन्छ जुन पैसा उहाँहरुको बुढेसकालको साहारा हुन सक्दछ । यसमा पनि बीमा अभिकर्ताको भूमिका रहेको मान्न सकिन्छ । अन्त्यमा, उपरोक्तानुसार जीवन बीमामा अभिकर्ताको अहम् भूमिका रहेको हुन्छ । बीमा अभिकर्ताले बीमित, बीमा कम्पनी र समाजमा समेत उल्लेखनीय भूमिका निर्वाह गरिरहेको हुन्छ । बीमितको बचत परिचालन गर्न, लगानी व्यवस्थापन गर्न, बालबच्चाको उच्च शिक्षा र विवाहको लागि पनि सुनिश्चित गर्न, मानिसको फजुल खर्च गर्ने बानीलाई बचत गर्ने बानीमा परिवर्तन गर्न र मानिसको भविष्यमा आईपर्ने आर्थिक जटिलतालाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

(प्रधान नेपाल पुनर्बीमा कम्पनीको मुख्य प्रवन्धक पदमा कार्यरत छन्)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

इश्वर प्रधान
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS