काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यापिटल प्लान ल्याए सँगै विगत एक दशकमा बाणिज्य बैंकहरुको आरओइ साढे दुई गुणाले घटेको छ । आर्थिक वर्ष २०६७/६८ मा बाणिज्य बैंकहरुको रिटर्न अन इक्वीटी २६.४१ थियो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा आरओइ १०.८० रुपैयाँमा झरेको छ ।
बैंकहरुको मुनाफामा उल्लेख्य सुधार देखिए पनि सँग सँगै बढेको पूँजी र जगेडाकोषका कारण आरओइमा सुधार नदेखिएको हो । शेयरधनीहरुले जहिले पनि खुद मुनाफा भन्दा पनि आरओइलाई हेरेका हुन्छन् ।
यस अवधिमा एक दुई अर्ब हाराहारीका बाणिज्य बैंकहरु ३४ अर्ब माथि नाघिसकेका छन् । सँग सँगै बैंकहरुको जगेडा कोष पनि बलियो हुँदै गइरहेका छन् । नेपाल राष्ट्र बैंकले नगद लाभांश भन्दा पनि बोनस शेयरमा प्राथमिकता दिदा आरओइ बढ्न नसकेको हो । कोभिड १९ पछि राष्ट्र बैंकले नगद र बोनस शेयर दुबैमा कडाइ गर्दै आइरहेको छ । यस सँगै बैंकहरुको जगेडा कोष पनि बलियो हुँदै गइरहेको छ ।
आरओइ बढि भएका बैंकहरुले भविष्यमा थप बोनस शेयर बढाउन सक्नेदेखि लिएर व्यवसाय विस्तार गर्न सक्षम हुने मान्यता राखिन्छ । बाणिज्य बैंकहरुको पूँजी धेरै माथि भएकाले पनि यस्तो अनुपात धेरै कम छ । सँगै सँगै आगामी दिनमा बैंकले दिने प्रतिफल पनि कम हुने विश्लेषण गरिन्छ ।