काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्तको साधारण सभाबाट पारित २२ प्रतिशत दरका कुल १३ लाख २० हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीको उक्त बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।