काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिल कुमार राय नियुक्त भएका छन् । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले जेठ ७ गतेदेखि लागू हुनेगरी संस्थाको सिइओमा महोत्तरी जिल्ला सम्सी गाउँपालिका वडा नं ४ निवासी रायलाई नियुक्त गरेको हो । रायलाई आगामी ४ वर्ष कार्यकालका लागि सिइओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । साथै सोही मितिदेखि नै लागू हुनेगरी रायलाई संस्थाको कम्पनी सचिवको जिम्मेवारी समेत दिएको जनाएको छ ।
1684576133463जनउत्थान सामुदायिक लघुवित्तको सिइओमा राय नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/06/janauthan-laghubitta.gif)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)