काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले यहि जेठ १८ गतेदेखि २० गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । बीमा अभिकर्ता तालिममा सहभागी भई अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिका लागि कम्पनीले उक्त तालिम संचालन गर्न लागेको हो । उक्त तालिम भर्चुअल रुपमा संचालन गर्ने जनाएको छ ।
ईच्छुक व्यक्तिले न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ३ प्रति,तालिम शुल्क १ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिममा संस्थागत अभिकर्ताले पनि सहभागी जनाउन सक्नेछन् ।
ईच्छुक तथा योग्यता पुगेका आवेदकले जेठ १४ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो तालिममा सहभागि हुन ईच्छुक व्यक्तिले कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौंमा आवेदन दिन सक्नेछन् ।