काठमाडौं । प्रभु इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका आफ्ना बीमितहरुलाई भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै बिभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, विविध बीमा, बाली बीमा, पशू बीमा तथा माइक्रो बीमाका दाबीहरुको दाबी निवेदन प्राप्त भएको र पछि सम्पर्कमा नआएका बीमितहरुलाई सम्पर्कमा आई दाबी लिन आग्रह गरेको हो ।
लामो समयदेखि दाबी हुन बाँकी रहेको दाबी पछ्र्यौटका लागि आवश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शाखा , उप शाखामा सम्पर्क गरी दाबी लिन कम्पनीले आग्रह गरेको छ ।