IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीहरुले तिरे ५ अर्ब ५१ करोड दाबी, कुनले कति गरे भुक्तानी ?(सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बढी दाबी तिरेका छन् । आर्थिक वर्ष २०७९ ८० को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ५१ करोड १ लाख २७ हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब १३ करोड ५० लाख ५२ हजार रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

यस अवधिसम्ममा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको दाबी भुक्तानी २० प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ८१ करोड ८६ लाख रुपैयाँ दाबी तिरेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्सले गत वर्षको सोही अवधिको तुलनामा दाबी १२ प्रतिशतले बढी तिरेको छ । यस अवधिमा कम्पनीले ७० करोड ५५ लाख रुपैयाँ दाबी तिरेको छ । साविक प्रिमियरले यस अवधिमा ४० करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
६ कम्पनीको दाबी भुक्तानीमा गिरावट
यस अवधिसम्ममा ६ कम्पनीको दाबी भुक्तानी घटेको छ । यस अवधिमा नेको इन्स्योरेन्सको दाबी भुक्तानी ५ प्रतिशतले घटेको छ । यस अवधिसम्ममा कम्पनीले ५७ करोड ५८ लाख रुपैयाँ दाबी तिरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्सको दाबी भुक्तानी गत वर्षको तुलनामा २२ प्रतिशतले घटेको छ । यस अवधिसम्ममा कम्पनीले ३९ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको दाबी ६ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३६ करोड ८१ लाख रुपैयाँ दाबी तिरेको छ । एनएलजी इन्स्योरेन्सको दाबी भुक्तानी १५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३४ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । ओरिएण्टल इन्स्योरेन्सको दाबी गत वर्षको तुलनामा ९ प्रतिशत कम तिरेको छ । यस अवधिमा कम्पनीले ३४ करोड दाबी तिरेको छ । प्रभु इन्स्योरेन्सको दाबी भुक्तानी ११ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले १३ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यसैगरी यस अवधिसम्ममा यूनाइटेड इन्स्योरेन्स कम्पनीले २९ करोड ७ लाख, साविक आइएमई जनरलले २१ करोड ६९ लाख, नेपाल इन्स्योरेन्सले १८ करोड ९८ लाख, सानिमा जिआइसीले १८ करोड १३ लाख, राष्ट्रिय बीमा कम्पनीले ५ करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS