Connect IPS
IME Life

सूर्यज्योति लाइफका सिइओ प्रकाश विक्रम खत्रीको तलब सुविधा ९३ लाख २९ हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी हाल सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीको वार्षिक तलब सुविधा ९३ लाख २९ हजार रुपैयाँ रहेको छ । खत्रीले गत आर्थिक वर्ष २०७८/७९ मा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट वार्षिक तलब तथा भत्ता बापत ८६ लाख ५९ हजार रुपैयाँ बुझेका छन् ।

त्यस्तै कर्मचारी बोनस बापत ५ लाख ११ हजार, जीवन र दुर्घटना बीमाका लागि ३ हजार ९६० रुपैयाँ प्रिमियम र स्वास्थ्य बीमाको लागि ४२ रुपैयाँ कम्पनीले दिएको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा खत्रीले ८३ लाख ३७ हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

मर्जर पश्चात खत्रीको वार्षिक तलब सुविधा बढाइएको छ । उनले चालु आर्थिक वर्षमा प्राप्त गरेको कुल तलब भत्ता तथा सुविधाहरुको विवरण लेखापरीक्षण प्रतिवेदन मार्फत सार्वजनिक हुनेछ । बीमा क्षेत्र वास्तविक क्षेत्रका कम्पनीहरुको तुलनामा पारदर्शी हुन्छ ।

यस आर्थिक वर्षमा कम्पनीको सञ्चालक समितिका सदश्यहरुले बैठक भत्ता बापत १४ लाख ७८ हजार रुपैयाँ बुझेका छन् । उनिहरुले मासिक भत्ता बापत ७ लाख २० हजार रुपैयाँ र लेखापरीक्ष तथा अन्य समितिलाई बैठक भत्ता बापत ७ लाख १० हजार र मर्जर समितिलाई २ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

7%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS