काठमाडौं । आज शेयर बजार २३ अंकले बढेर १,८४५ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मुल्य बढेको छ भने २५ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँको शेयर निनबेच भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।