IME Life

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सिइओमा श्रवण रावललाई प्रस्ताव, मर्जर पछि मात्रै नियुक्ति गर्ने

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले मर्जर पश्चात श्रवण रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने भएको छ । मर्जर कमिटीले रावललाई नियुक्ति गर्न सिफारिस गरेको हो । दुई कम्पनीले आगामी जेठ २१ गते एकिकृत कारोबार गर्ने तयारी गरेका छन् ।

यस अवधिसम्ममा रावलले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर बाहिरिने प्रतिवद्धता व्यक्त गरेका छन् । रावल साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए ।

Prabhu
Crest

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भए पछि साविक आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठले निरन्तरता  पाए सँगै रावलले विकल्प रोजेका हुन् । रावल सगरमाथा इन्स्योरेन्स कम्पनीमा लामो समय काम गरेर प्रुडेन्सियलको सिइओ बन्नका लागि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा भित्रिएका थिए । रावल २०७८ पुस २० गतेदेखि प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । कार्यकाल बाँकी हुँदै कम्पनी मर्जरमा गए पछि उनि मर्जर पछिको कम्पनीमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा खुम्चिए ।

लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत विहिन युनाइटेड इन्स्योरेन्स कम्पनीले खुला प्रतिपर्धाबाट चयन गर्नका लागि अन्तर्वार्ता लिदै आएको थियो । अधिकांश व्यक्तिहरु तलब नमिलेकै कारण आउन मानिरहेका थिएनन् । मर्जर पछि बन्ने कम्पनीले भने अहिलेको भन्दा राम्रो तलब सुविधा दिने भए पछि रावल जान तयार भएका हुन् ।

दुई कम्पनीको मर्जर कमिटीले अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीलाई निरन्तरता दिन नचाहे पछि विकल्पको रुपमा अर्को सिइओको खोजि हुँदै आएको थियो । यसै क्रममा नाम चलेका पुर्व प्रमुख कार्यकारी अधिकृतदेखि बहावाला प्रमुख कार्यकारी अधिकृत तथा अन्य व्यक्तिहरुको आकांक्षा थियो ।

संस्थागत सुशासन निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड तोकिएको छ । तर मर्जरमा गएका कम्पनीको प्रमुख कार्यकारी अधिकृतको हकमा यो नियम लागु हुँदैन । मर्जरलाई प्रोत्साहन गर्ने क्रममा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृतको कुलिङ पिरियडको व्यवस्था हटाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS