काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २९ अंकले बढेर १,८२१ दशलमव ६० को विन्दुमा कायम भएको छ । आज १३६ कम्पनीको शेयर मुल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जाका लगानीकर्ताले ५ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् । सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।