काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २९ अंकले बढेर १,८२१ दशलमव ६० को विन्दुमा कायम भएको छ । आज १३६ कम्पनीको शेयर मुल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।