काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एक्यान – चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा गत बुधबार रोड टु आइपीओ’ कार्यशाला सम्पन्न गरेको छ । उक्त कार्यक्रम चितवनस्थित होटल सिराइचुलीमा सम्पन्न गरेको हो ।
एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान – चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सले चितवनको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आइपीओ निष्काशनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको हो।
कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिब पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल कार्यान्वयनको लागि सन्दिप फुयाल, सन्तोश रेग्मी र निशान पौडेलले सक्रिय भुमिका निर्वाह गरेका थिए।
उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आइपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आइपीओ सम्बन्धी उदाहरणहरु समेटेको जनाइएको छ ।