Connect IPS
IME Life

शेयर बजारमा गिरावट कायमै, बजेटको पर्खाइमा लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगातार गिरावट हुने क्रम जारी छ । मौद्रिक समिक्षाले पनि लगानीकर्तालाई उत्साहित पार्न नसक्दा बजारमा सुधारको संकेत देखिदैन । आगामी वार्षिक बजेटले शेयर बजार लगात अर्थतन्त्रको सुधारलाई कसरी संबोधन गर्छ हेर्न बाँकी छ । यसले गर्दा पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

अझै आर्थिक सुस्तता कति लामो समयसम्म चल्छ भन्न सकिने अवस्था छैन । उद्योगी व्यवसायी नै आत्तीसकेका छन् । उनिहरु सरकार सँग आर्थिक सुधारको प्याकेज आह्वान गरिरहेका छन् । यहि गतिमा अर्थतन्त्र रहिरह्यो भने ६ महिना पनि टिक्न नसक्ने उनिहरुको भनाइ छ ।

Prabhu
Crest

सरकार पनि चौतर्फी दवावमा छ । राजस्व संकलन नहुँदा सरकारी कर्मचारीदेखि लिएर सामाजिक सुरक्षा भत्ता खुवाउन नसक्ने अवस्थामा छ । राजस्व संकलनको गिरावटलाई सुधार गर्ने हिसावले करका दर फेर्ने हो भने अव कुनै पनि आर्थिक क्षेत्रले राहात महशुस गर्न सक्दैनन् । एकातिर स्रोत जुटाउन सरकारलाई दवाव परिरहेको छ भने अर्को तर्फ नियमित खर्च गर्ने पैसा पनि सरकार सँग छैन ।

यसले गर्दा अवको अर्थनीति अर्थात बजेट कस्तो आउछ भन्ने कुरालाई आकलन गर्न सक्ने अवस्था छैन । सरकारले आगामी बजेटको तयारी गरिसकेको छ । बजेट र मौद्रिक नीति पछि मात्रै शेयर बजारले गति लिने भन्दै लगानीकर्ताहरु अहिले शेयर खरिद बिक्री नगरी बसेका छन् ।

यसै क्रममा सोमबार नेप्से सूचक ३.३४ प्रतिशतले घटेको छ । नेप्से सूचक १८१८.३१ अंकमा झर्दा कारोबार रकम पनि ७२ करोड ४९ लाख रुपैयाँमा सिमित भएको छ । शेयर खरिद गर्यो कि घट्ने भएकाले लगानीकर्ताहरु आत्तीएका छन् ।

आज १०४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा ९६ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सको सूचकमा केहि सुधार भएको छ । बाँकी सूचक भने तल झरेका छन् । सबैभन्दा धेरै एनआइसी एशियाको तीन करोड ४ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS