काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १,८१८ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ९६ कम्पनीको शेयर मुल्य बढेको छ भने १०४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर किनबेच हुँदा ७२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा ल्म्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको २ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।