IME Life

पोखरामा बीमा सचेतना अभियान कार्यक्रम अन्तर्गत सचेतनामूलक र्याली सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । बीमा तथा बैंकिङ अध्ययन समुहले बीमा सचेतना अभियान कार्यक्रम अन्तर्गत सचेतनामुल र्याली सम्पन्न गरेको छ । ५५ औं बीमा दिवसको सन्दर्भमा पोखरा विश्वविद्यालयमा अध्ययनरत ३०० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुले उक्त र्यालीमा बिभिन्न नाराहरु लेखिएको प्लेकार्डहरु र ब्यानरहरु बोकेर विश्वविद्यालय वरिपरिका सडक हुंदै पृथ्वीराजमार्गसम्म पुगेका थिए । सर्वसाधारणहरुलाई जनचेतनामूलक पर्चाहरु वितरण गरिएको थियो । राजमार्गमा सवारी साधनहरु भित्र पनि पर्चा बितरण गरिएको थियो । पर्चामा बीमाका प्रकार, महत्वको बारेमा प्रकाश पार्नुको साथै बीमा कम्पनीहरुको नाम र सम्पर्क नम्बरहरु उल्लेख गरिएको थियो ।

Prabhu
Crest

र्यालीको नेतृत्व स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले गरेकी थिइन् । र्यालीमा प्राध्यापक, बिद्यार्थी, कर्मचारीहरुको पनि सहभागीता थियो । र्यालीको बिसर्जन पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालयमा पुगेर भएको थियो भने बिसर्जन सभालाई सम्बोधन गर्दै सह प्राध्यापक डा. रविन्द्र घिमिरेले बीमाको महत्व र अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए ।

समापन कार्यक्रममा बीमा तथा बैकिङ्ग अध्ययन समूहका अध्यक्ष दिपेश भूजेलले कार्यक्रममा सहभागी हुने र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यक्तिहरु, संस्था, मेडिया हाउस, विश्वविद्यालय प्रशासन, प्राध्यापक, विद्यार्थी, कर्मचारी, स्थानीय बासिन्दा, बुद्धिजीवि, जनप्रतिनिधि, प्रहरी प्रशासन, सवारी चालक तथा प्रायोजक रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीलाई धन्यवाद दिए ।

यो समुह स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले २०७३ सालमा स्थापना गरेका थिए । यसको मूल उद्देश्य बीमा र बैकिङ्ग बिषयमा अध्ययन अनुसन्धान गर्ने, सचेतना फैलाउने, उद्योगी ब्यवसायीहरुसंगको सहकार्यमा कन्फरेन्स, समिनार आयोजना गर्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS