Connect IPS
IME Life

प्राधिकरणको ५५औं बार्षिकोत्सवमा सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आज जेठ १ गते बिहान ७ बजे प्रातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्राधिकारणको प्रादेशिक कार्यालय धनगढीले प्राधिकरणको ५५औं वार्षिक उत्सवको अवसरमा उक्त प्रभातफेरी धनगढी चौराहामा जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख , शाखा प्रमुखहरुको उपस्थितीमा बीमकका कर्मचारिलाई स्वागत गरि सुरू गरेको हो ।

बीमा सचेतना मुलक प्रभातफेरि पदयात्रा नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयको प्राङ्गणमा कोणसभा गरि कार्यक्रम सम्पन्न गरेको हो । सो कोणसभामा बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका सहायक निर्देशक दिपक ज्ञवालिले सुदुरपश्चिम प्रदेश बीमाको दायरामा पछाडि रहेको हुनाले बीमाको क्षेत्रमा अझै मेहनत गरि बीमाको दायरा बिस्तार गर्नुपर्ने कुरा बताए ।

Prabhu
Crest

साथै बीमा कम्पनीहरुले सर्वसाधारणमा बीमा प्रस्ताव गर्दा बीमाको महत्त्व बुझाएर मानिसको क्षमता अनुसार बीमा गर्नु हुन आग्रह गरे । सो अवसरमा जीवन बीमाको तर्फबाट एशियन लाइफका प्रदेश प्रमुख लोकराज जोशिले बीमा प्राधिकरणले यस प्रदेशमा अभिभावकिय भुमिका निर्वाह गर्दै आफुहरूलाई कार्यक्रममा सहभागी गराएकोमा धन्यवाद भन्दै खुसि ब्यक्त गरे ।

त्यसैगरि निर्जिवन बीमा तथा निप्सको तर्फबाट सुनिल श्रेष्ठले बीमा प्राधिकरणको बार्षिकउत्सव कार्यक्रमको सुभकामना सहित विभिन्न कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि व्यक्त गरे ।

सो अवसरमा नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक प्रेमहरि पोखरेलले मैत्रीपुर्ण फुटसल प्रतियोगिताका खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS