IME Life
Beema Board

नयाँ ब्रोकरले बनाए सागर ढकालको नेतृत्वमा छुट्टै ब्रोकर एसोसिएसन, पुरानाको हेपाईलाई संयुक्त प्रतिवाद गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायीहरुले ‘न्यु स्टक ब्रोकर एसोसिएसन नेपाल’को स्थापना गरेका छन् । नेपाल धितोपत्र बोर्डबाट पूर्वस्वीकृती (आशयपत्र) प्राप्त गरेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुको भेलाले सागर ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ स्टक ब्रोकर एशोसिएसन नेपाल स्थापना गर्ने घोषणा गरेको छ ।

नयाँ ब्रोकर लाइसेन्स पाएका धितोपत्र व्यवसायीहरुले संयुक्त रुपमा सरोकारवाला निकायलाई आभार व्यक्त गरेका छन् । नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, मन्त्री परिषद, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज  लगायत नियामक निकायहरुले नेपालको पुँजीबजारको विकास र विस्तारको लागि नयाँ स्टक एक्सचेन्ज, कमोडिटिज एक्सचेन्ज तथा धितोपत्र दलाल व्यवसायीको संख्या थप गर्ने निर्णय गरेको भन्दै आभार व्यक्त गरेका हुन् ।

Prabhu
Crest

सोही प्रक्रिया अनुरुप नेपाल धितोपत्र बोर्डबाट नयाँ धितोपत्र दलाल तथा व्यापारीका लागि आवेदन माग गरी निजी क्षेत्रका साथै विभिन्न बैंक वित्तिय संस्थाद्वारा प्रबद्र्धित ४३ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुलाई पूर्वस्वीकृति (आशयपत्र) समेत प्रदान गरेको छ । यसै परिप्रेक्ष्यमा नियामक निकायबाट भएको यस कार्यले पूँजी बजारको विकास तथा विस्तारमा थप नयाँ कोशे ढुंगो कायम हुने अपेक्षा पूँजीबजारमा संलग्न विभिन्न निकाय एवं संघ संस्था, पूँजीबजारमा संलग्न लगानीकर्ताहरुको हकहितका लागि कार्यरत संघसंगठन तथा पूँजी बजारमा प्रवेश गरेका करिब ५६ लाख लगानीकर्ताहरुले पूर्ण विश्वास गरेका छन् ।

तर नियामक निकायबाट भएको हालैको सकारात्मक विकासलाई समेत नकारात्मक ढंगबाट व्याख्या गर्दै आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पूँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले बैशाख २९ गते भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्ति जारी गरेको भन्दै सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात भएको नयाँ ब्रोकर एसोसिएसनको ठहर छ । उक्त विज्ञप्तिमार्फत स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ ।

नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर नयाँ ब्रोकरहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना रहेको उनिहरुले जनाएका छन् ।

तर यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न नयाँ ब्रोकर व्यवसायीहरुले चुनौति दिएका छन् । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा नयाँ ब्रोकरहरुले कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएका छन् ।

नयाँ ब्रोकर बजारमा आए सँगै बजारमा पार्ने प्रभाव

१. नेपालको लोकतान्त्रिक संविधानले खुला अर्थतन्त्रको अवधारणालाई अंगिकार गर्दै केही सीमित क्षेत्रबाहेक अन्य सम्पूर्ण क्षेत्रहरुमा बजारको आवश्यकता अनुसार खुला प्रतिस्पर्धात्मक वातावरणमा आम नेपाली लगानीकर्ता जो सुकैले लगानी गर्न सक्ने नैसर्गिक अधिकार दिइएको छ । खुला तथा प्रतिस्पर्धात्मक बजारले राज्यको आम्दानीको श्रोत बढाउनुका साथै लगानीकर्ता तथा सेवाग्राहीले समेत सर्वसुलभ रुपमा गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्तिको सुनिश्चितता प्रदान गर्दछ ।

२. हालको वर्तमान अवस्थामा धितोपत्र बोर्डले तयार गरेको पूँजी बजारको विस्तारको वातावरणले कारोबार संख्या, कारोबार रकम, सूचिकृत कम्पनीहरुको संख्या, लगानीकर्ताको संख्या लगायतमा विगत ४/५ वर्षको दौरानमा ठूलो संख्यामा वृद्धि भएता पनि बजारको सारथीको रुपमा कार्यरत धितोपत्र दलाल व्यवसायीको संख्या तथा तिनीहरुको सेवाको गुणस्तरमा कुनै पनि वृद्धि हुन नसकेका कारणले बजारले खास गतिका साथ विस्तार लिन नसकेको परिप्रेक्ष्यमा ठूलो पूँजी, आधुनिक प्रविधि, बजारसम्बन्धी दक्षता तथा अनुभवका साथ लगानीकर्ताले गुणस्तरीय सेवा पाउने वातावरण तयार हुँदै गरेको छ ।

३. नेपाल स्टक एक्स्चेन्जको कारोबार सम्बन्धी तथ्यांक

४.  अनलाइन विद्युतिय कारोबार प्रणालीको शुरुवात हुनुपूर्व करिब ३ लाखको संख्यामा रहेको डिम्याट खाता हालको अवस्थामा बढेर ५६ लाख कटेको अवस्था रहेको छ । साथै २०६८ साल तिर दोश्रो बजारमा लगानीकर्ता २५ हजार र दलाल संख्या ५० रहेको मा हाल दोश्रो बजारमा कारोबार गर्ने ग्राहकको संख्या बढेर २० लाख कटि सकेको छ भने दलालको संख्या ५० वटामा मात्रै सीमित रहेको छ । यसका साथै आर्थिक वर्ष २०७४/७५ मा वर्षभरीमा रु. १२ अर्ब कारोबार हुने गरेकामा आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा कारोबार रकम बढेर वर्षभरीमा रु. १२ खर्ब बढिरहेको छ । यस्तै दैनिक कारोबार रकम आर्थिक वर्ष २०७४/७५ मा औषत रु. ४ करोड हाराहारी रहेकामा आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा यो रकम बढेर दैनिक औषत रु. ५ अर्ब माथि रहेको देखिन्छ । यद्यपि धितोपत्र दलालको संख्या भने अझै पनि ५० वटा मात्रै रहेको छ ।

४. नेप्सेले २०७९ साल जेष्ठमा सम्पन्न गरेको अध्ययनले १७८ वटा तथा २०७७ मा गरेको पछिल्लो अध्ययनले १३० वटा नयाँ धितोपत्र दलाल सदस्य थप गर्न सकिने अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

५. नेपालको हकमा बैंक वित्तीय संस्थाहरुले पूर्ण रुपमा नियामकीय परिपालना गर्दै आएको र व्यवसाय सञ्चालनका क्रममा पूर्ण व्यवसायिकता प्रदर्शन गर्दै आएको देखिन्छ । यसको उदाहरण बैंक प्रबद्र्धित मर्चेन्ट बैंकरहरुलाई लिन सकिन्छ । तसर्थ बैंकको सहायक कम्पनीको रुपमा आउने धितोपत्र दलाल व्यवसायले सोही किसिमको व्यवसायिकता प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि हाम्रो छिमेकी मुलुक देखि विकसित देशहरुमा समेत बैंकको सहायक कम्पनीहरुले पूर्ण व्यवसायिक रुपमा धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्दै आएको पाइन्छ ।

६. नेपाली पूँजी बजारको सुधार र विस्तार गर्ने दिशामा चालिएको वर्तमान कदमले ठूलो पूँजी सहित सञ्चालनमा आउँदा उच्चस्तरको गुणस्तरीय प्रविधि, थप रोजगारी, गुणस्तरीय सेवा सुविधाको सुनिश्चितता गर्नुका साथै लगानीकर्ताको सम्पत्तिको सुरक्षा तथा तोकिएको समयभित्रै राफसाफ कार्यको सुनिश्चितता गर्नेछ ।

७. हालको सिण्डिकेट र एकाधिकार पूर्ण वातावरणमा सञ्चालित धितोपत्र दलाल व्यवसाय अहिले केवल पारिवारिक व्यवसाय जस्तो मात्रै भएको, अपारदर्शी भएको र धितोपत्रको दोश्रो बजार शुरुवात भएको ३० वर्ष नाघ्दा समेत हालका धितोपत्र दलाल व्यवसायीहरुले पूँजी, प्रविधि, गुणस्तरीय कारोबार सेवा, तोकिएको समयभित्रै राफसाफ लगायतका कार्य व्यवसायिक र दक्ष कर्मचारी राखी सम्पन्न गर्न नसकिरहेका कारण लगानीकर्ताहरुको अर्बौंको सम्पत्ति जोखिममा रहेको देखिन्छ ।

८. धितोपत्र बोर्डले अहिलेसम्मकै सबैभन्दा बोल्ड निर्णय गर्दै नेपालमा पहिलोपटक इउभल भ्लतचथ र इउभल भ्हष्त वातावरण सिर्जना गर्दै हालको ५० वटा ब्रोकरको सिण्डिकेट र एकाधिकार तोड्ने कोशिश स्वरुप पहिलो पटक खुला रुपमा पूँजी, प्रविधि, दक्षता तथा अनुभवका आधारमा धितोपत्र दलाल तथा व्यापारी छान्ने गरी कार्य अगाडि बढाएको । धितोपत्र बोर्डले आगामी वर्षहरुमा पनि यसै गरी इउभल भ्लतचथ र इउभल भ्हष्त विधिबाट नयाँ धितोपत्र दलाल व्यवसायी थप्दै जानेछ भन्ने हामीलाई विश्वास छ । किनकी हामीलाई विश्वास छ यस किसिमको अभ्यासले हाम्रो पूँजी बजारमा व्यवसायिकता, दक्षता र गुणस्तरीय सेवालाई बढाएर लैजाने वातावरण सिर्जना गर्नुका साथै नयाँ नयाँ प्रविधि, प्रडक्ट तथा बजारको पहुँच  विस्तारमा उल्लेखनिय सघाऊ पु¥याउनेछ ।

९. धितोपत्र बोर्डले हाल प्राइभेट इक्विटि, बुक बिल्डिङ्ग तथा साना तथा मझौला कम्पनीहरुको धितोपत्र कारोबारका लागि नयाँ बजार सिर्जना गर्ने वातावरण तयार गर्नुका साथै नेपाल सरकारले समेत दोश्रो बजारमा सूचिकृत हुने कम्पनीहरुको संख्या अभिवृद्धिका लागि नीतिगत रुपमै कार्य गरिरहेको हुँदा आगामी केही वर्षमै सूचिकृत कम्पनीहरुको संख्या ५०० नाघ्ने देखिन्छ । यद्यपि अहिलेकै सिण्डिकेट र एकाधिकार कायम रहीरहने हो भने हालका ग्राहकहरु प्रविधि, सेवा र लगानी सुरक्षाका दृष्टिकोणबाट थप जोखिममा रहने निश्चित प्राय छ ।

१०. सम्मानित सर्वोच्च अदालतबाट कानूनी परिक्षण भई निर्णय भइसकेको विषयलाई समेत उठान गरी सर्वोच्च अदालतको मानहानी गर्ने कोशिश गर्दै आर्थिक चलखेलको आरोप लगाउनु कुण्ठित, हतास मानसिकताले अत्तालिएर प्रोपोगाण्डा स्वरुप कपोलकल्पित ढंगबाट अग्रगामी हुनुपर्नेमा पश्चगामी हुन खोज्दै आफ्नो सिण्डिकेट र एकाधिकार (मोनोपोली) वातावरणलाई निरन्तरता दिई पूँजी बजारको सुधार र विस्तारको अपेक्षामा रहेका आधा करोड लगानीकर्ताको गुणस्तरीय धितोपत्र कारोबार सुविधा खोस्ने मनसायका साथ गरिएको विज्ञप्तिबाजी निन्दनीय रहेको हुँदा हामी यसको घोर भत्र्सना गर्दछौं ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS