IME Life
GBIME

मोदी इनर्जीको आइपीओ बाँडफाँड,५ लाख ६१ हजार २२६ जनाले पाए १० कित्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । आज बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा उक्त आइपीओ बाँडफाँड भएको हो । सर्वसाधारणका लागि छुट्याइएको ५५ लाख ५९ हजार ४२० कित्ता र वैदेशिक रोजगारी तथा आयोजना प्रभावितका लागि छुट्याइएको मध्ये बिक्रि नभएको गरी कुल ५६ लाख १२ हजार २६० कित्ता आइपीओ सर्वसाधारणमा जारी गरिएको थियो ।

कम्पनीको आइपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

Crest

कम्पनीले बैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो । कम्पनीले यसअघि कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९१० कित्ता, र सामूहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४ सय २० कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS