काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा पर्वत जिल्लामा तीन दिने कृषि, पशुपन्छि तथा जडिबुटि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम बैशाख २८ गते देखि ३० गते सम्म संचालन भएको हो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल , गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।
तालिमको आन्तिम दिन अजोड इन्स्योरेन्स लिमिटेडका अधक्ष्य आजाद श्रेष्ठले सहभागीहरुलाई शुभकामना दिदै गाउँ गाउँमा बीमाको पहुच बढाउन अनुरोध गरेका थिए । साथै उनले अभिकर्ताहरुलाई हौसला प्रदान समेत गरेका थिए ।
तालिममा २९ जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाले गरेका थिए ।