काठमाडौं । प्राइम लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले ३ अर्ब ३० करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन ५ दशमलव ४२ प्रतिशतले घटेको छ ।
तेश्रो त्रैमाससम्म कम्पनीले २१ करोड खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा १८ करोड ९५ लाख थियो । नाफा १० दशमलव ८० प्रतिशतले वृद्धि भएको छ ।
३ अर्ब १४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ४६ करोड ३८ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम ८ दशमलव २४ प्रतिशतले घटेको छ । जीवन बीमा कोष २२ दशमलव १५ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ५३ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड थियो ।
कम्पनीको खुद दावी भुक्तानी १ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै ९४ करोड ६७ लाख पुगेको छ ।
प्रकाशित रिपोर्ट अनुसार कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा र प्रति शेयर नेट्वर्थ १२१ रुपैयाँ ५९ पैसा छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर प्रक्रिया सम्पन्न गरेर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन्।