Connect IPS
IME Life

सानिमा रिलायन्स लाइफले गर्यो १ अर्ब ८४ करोडको ब्यापार, जीवन बीमा कोषमा ८ अर्ब ५४ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । एकिकृत कारोबारपछि कम्पनले अझै प्रगति गरेको छ ।

४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६९ करोड ६४ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ८१ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब १३ करोड १० लाख रुपैयाँ थियो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले १६ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले १ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७४ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ४७ करोड ४६ लाख खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी हो ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत २२ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ १३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११९ रुपैयाँ १३ पैसा रहेको छ । मुल्य आम्दमनी अनुपात ७७.३२ गुणा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS