IME Life
GBIME

साविक प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ६९ करोड ४० लाख, बीमा कोषमा २ अर्ब ५२ करोडमाथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साविक प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७४ करोड ५७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ९६ करोड ६० लाख रुपैयाँ थियो ।

Crest

यस अवधिमा कम्पनीले २६ करोड ४ लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा सामान्य बढी हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ६९ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ४० करोडमाथि खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ७४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २२३ रुपैयाँ ०१ रहेको छ । मुल्य आम्दमनी अनुपात ४५.९९ गुणा रहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS