IME Life
GBIME

साविक लुम्बिनी इन्स्योरेन्सको नाफा २२%ले बढ्यो, खुद बीमा शुल्क आर्जन ४८ करोड ३२ लाख

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साविक लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क,खुद दाबी भुक्तानी बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

१ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २५ करोड ८६ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३१ करोड १७ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा ८५ करोड १८ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ७७ करोड १७ लाख रुपैयाँ थियो ।

Crest

यस अवधिमा कम्पनीले ११ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले बढी हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ४८ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीले ३२ करोड ५१ लाख खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी कम तिरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २८.६६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १८७ रुपैयाँ ८५ पैसा रहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS