Connect IPS
IME Life

एनआइबीएल एस लगायत तीन कम्पनीको आयोजनामा ‘रोड टु आईपीओ’ नामक कार्यशाला सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेस प्रा ली र पायोनियर ल एसोसिएट्सको सहकार्यमा सोमबार बिरगञ्जस्थित क्लार्क रिसोर्टमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रायोजकको रुपमा रहेको डाएनामिक टेक्नोसफ्ट प्रा. ली.ले आफ्नो ब्यानर प्रदर्शनी गरेको थियो ।

एनआईबिएल एस, एक्सप्रेस सर्भिशेश र पायोनियर ल एसोसिएट्सले बिरगञ्जको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यो कार्यशाला आयोजना गरेको हो ।

Prabhu
Crest

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल कार्यान्वयनको लागि ऋब्। सुभास खण्डेलवाल , ऋब् प्रदिप कुश्वाहाले सक्रिय भुमिका निर्वाह गरेका थिए ।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उदाहरणहरु समेटेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS