काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आशा लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
संस्थाको १४ दशमलव २८५७ प्रतिशत बोनश वापत ४ लाख ७७ हजार २० कित्ता शेयर सूचिकृत भएको हो । अब यस बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।