काठमाडौं । नेपालमा पर्यटक आगमन बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत नेपालमा पर्यटकहरुको आगमन बढेसँगै भ्रमन आयमा बृद्धि भएको बताएको छ ।
आर्थिक वर्ष २०७९/८० को नौमहिनामा नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ९४.३ प्रतिशतले बढेको छ । कोभिड संक्रमणको समयमा पर्यटकहरुको संख्यामा न्यून हुँदै गएको थियो । पछिल्लो समय कोभिड विरुद्धो खोप सहज भएको वर्तमान अवस्थालाई दृष्टिगत गरी विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल अन्त्य गरेको छ । उपर्युक्त तथ्यलाई दृष्टिगत गर्दा पर्यटन क्षेत्र क्रमिक रुपमा सुधार हुँदै जाने बताइएको छ ।