IME Life
Beema Board

सानिमा जिआइसीको खुद बीमा शुल्क आर्जन ११४%ले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । साविक सानिमा जनरल इन्स्सोरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई  कार्तिक ७ गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए । यी कम्पनीले दोस्रो सफल मर्जरको इतिहास रचेका समेत हुन् ।

यस अवधिमा कम्पनीले २१ करोड ३२ लाख ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ९९ प्रतिशतले बढी हो ।

Prabhu
Crest

२ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३० करोड ७७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १३ करोड २९ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा ३९ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १४ करोड ५२ लाख रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ४७ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११४ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १८ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी १७१ प्रतिशतले बढी तिरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ २२ पैसा रहेको छ । पिइ अुपात ३१.६६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

14%

दु :खी

29%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS