काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समुहको शेयर सर्वसाधारण समुहमा परिवर्तन गरेको हो । कम्पनीले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका अनुसार संस्थापक शेयर स्वामित्व न्युनतम ५१ प्रतिशत हुने गरी शेयर संरचना परिमार्जन गरेको हो ।
नेप्सेले संस्थापक समुहको ३८ लाख कित्ता शेयर सर्वसाधारण समुहमा अभिलेख गरी सोही समुह अन्तरगत कारोबार गर्न योग्य बनाएको हो ।यससँगै अब कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ । यस अघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व थियो ।