काठमाडौं । आज नेप्सेमा तीन कम्पनीको २० लाख ४० हजार ९९७ दशमलव १८ कित्ता बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल ल्यूव आयल लिमिटेडको ९७ हजार ५६४ कित्ता, ज्याति विकास बैंकको १२ लाख ८० हजार ३२५ दशमलव ९९ कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६ लाख ६३ हजार १०७ दशमलव १९ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
ग्लोबल आइएमई लघुवित्तको गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनश शेयर, ज्योति विकास बैंकको गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनश शेयर र नेपाल ल्यूव आयलको असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।