काठमाडौं । आज नेप्शे परिसूचक ३ दशमलव ३४ प्रतिशतले घटेर १८३८ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज कुल ५७ करोड ८३ लाख २४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ६.१० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६६१ रुपैयाँ कायम भएको छ ।
साथै, आज सिटिजन म्युचुअल फण्डको शेयर ५.८९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ७ रुपैयाँ कायम भएको छ । यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर ५.७१ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ६८५ रुपैयाँ कायम भएको छ ।