Connect IPS
IME Life

अर्थतन्त्र सुस्ताए सँगै शेयर कारोबारमा लगातार गिरावट, ३.३४ अंकले घट्दा १८३८.५९ कायम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थतन्त्र सुस्ताए सँगै शेयर कारोबारमा लगातार गिरावट आइरहेको छ । सूचकमा गिरावट सँगै कारोबार रकम पनि घटिरहेको छ । अर्थतन्त्रमा संकट देखिए पछि सम्पुर्ण क्षेत्र कमजोर बन्दै गइरहेको छ ।

सरकारले विकास खर्च गर्न नसक्दा बजारमा पैसा आउन सकेको छैन । पछिल्लो समय सरकारले निजामति कर्मचारीदेखि लिएर प्रहरीलाई समेत तलब भत्ता खुवाउन नसकेको कुराहरु बाहिरिरहेका छन् । तलब नै खुवाउन नसक्ने अवस्थामा अर्थतन्त्र रहेको भन्दै संसदमा समेत छलफल भइरहेको छ ।

Prabhu
Crest

आर्थिक संकट अझै चुलिदै जाने हो भने शेयर बजारमा तथ प्रभाव पर्ने विश्लेषण गरिएको छ । अर्थतन्त्रका विषयमा सबै पक्ष चिन्तित भए पनि उनिहरुले ठोस नीतिगत व्यवस्था ल्याउन सकिरहेका छैनन् । मौद्रिक समिक्षाले केहि संबोधन गर्ने अपेक्षा गरिए पनि समग्र अर्थतन्त्र नै कमजोर भएकाले अवस्था जटिल बन्दै गइरहेको छ ।

यसै क्रममा बिहीबार नेप्से सूचक ३.३४ अंकले गिरावट भएको छ । कारोबार अवधिभर दोहोरो अंकले गिरावट देखिएको नेप्से सूचक अन्तिममा भने ३.३४ अंकले मात्रै घटेर बन्द भएको छ । सूचक सँगै कारोबार रकम ५७ करोड ८८ लाख रुपैयाँको भएको छ । १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६४ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिन्छ । बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड बाहेक सबै सूचक तथा उपसूचकमा गिरावट देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS