काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १,८३८ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड ८८ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज ग्लोबल आइएमई बैंकको २ करोड ७० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको १ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाखरुपैयाँको शेयर कारोबार भएको छ ।