काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदहरुका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिन ईन्छुक उम्मेदवारहरुले व्यवस्थापन, अर्थशास्त्र, फाइनान्स लगायतका विषयमध्ये कुनै एकमा स्नातक देखि स्नाकोत्तर तह उत्तिर्ण गरको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।