IME Life

प्राधिकरणले यूएनडिपीको सहयोगमा लघु बीमा निर्देशिका बनाउदै, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यूएनडिपीको प्राविधिक सहयोगमा नयाँ लघु बीमा निर्देशिका बनाउने भएको छ । प्राधिकरणले जारी गरेको अहिलेको लघु बीमा सम्बन्धी निर्देशिका, २०७६ पुराना कम्पनीहरुका लागि जारी गरिएको थियो । तर प्राधिकरणले लघु बीमा व्यवसायका लागि छुट्टै कम्पनी नै खडा गरिसकेको छ ।

यहि निर्देशिकालाई संशोधन गरेर अहिलेलाई काम चलाउका रुपमा कार्यान्वयन गरिए पनि भविष्यमा यो प्रर्याप्त नहुने भन्दै प्राधिकरणले नयाँ निर्देशिकाको लागि अध्ययन गरिरहेको छ । नेपालका लागि लघु बीमा व्यवसाय नयाँ भएको हुँदा नेपाल भित्रको अध्ययनले मात्रै नपुग्ने देखिए पछि बाहिरि देशको अभ्यासलाई पनि हेर्नु पर्ने अवस्था रहेको छ ।

Prabhu
Crest

यसै क्रममा नेपाल बीमा प्राधिकरणलाई संयुक्त राष्ट्र सँग डेभलपमेन्ट प्रोग्राम ‘यूएनडिपी’ले प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनायो । यूएनडिपीले विगत दुई महिनादेखि लघु बीमा निर्देशिकाका लागि अध्ययन गरिरहेको छ । प्राधिकरणको प्रमुख ध्यय नयाँ लघु बीमा कम्पनीहरु आउदै गर्दा ठुला कम्पनीको व्यवसायलाई पनि धक्का लाग्नु भएन र उनिहरुले गर्ने व्यवसायबाट उनिहरु स्वयं बाच्नु पर्छ भन्ने रहेको छ । यि दुबै पक्षलाई सन्तुलन कायम गर्ने विन्दुको खोजीमा प्राधिकरण रहेको छ ।

कस्तो नियम बनायो भने माइक्रोइन्स्योरेन्स पनि टिक्न सक्छ र आम मानिसदेखि लिएर सिमान्तकृत वर्गसम्म पुग्न सक्छ भन्ने कुरामा नेपालको अनुभवले मात्रै पुग्ने अवस्था छैन । त्यसैले छुट्टै माइक्रो इन्स्योरेन्स कम्पनी मार्फत काम गर्दै आइरहेका मुलुकहरु घाना, फिलिपिन्स, भियतनाम, भारत, बंगलादेश, पेरु जस्ता देशहरुको अनुभवलाई पनि अध्ययन गर्नु पर्नेछ ।

प्राधिकरणले लघु बीमाको राम्रो अभ्यास गरिरहेका मुलुकले जारी गरेका व्यवस्थालाई अध्ययन गर्न खोजिरहेको छ । यसै क्रममा प्राधिकरणले यूएनडिपीको सहयोग लिन पुगेको हो । अहिले बनाइएको निर्देशिका दीर्घकालिन हुनुका साथै सजिलै अपडेट गर्न सक्ने गरी प्रोग्रेसिभ बनाउनु पर्नेछ ।

नेपालमा यस विषयका प्रर्याप्त विज्ञ नभएकोले यूएनडिपीको सहयोग लिन पुगेको हो । यूएनडिपीले प्राधिकरण समक्ष बीमा सम्बन्धी आवस्यक तथ्याङ्क मागिरहेको छ । पुराना कम्पनीले गरेका लघु बीमा व्यवसाय, दाबी भुक्तानी, पोलिसी लगायतका विवरण लिइरहेको छ ।

यसै क्रममा युएनडिपिका प्रतिनिधिहरुले फिल्डमै आएर भेट्ने तथा निरीक्षण गर्ने काम गरिरहेका छन् । उनिहरुले चितवन लगायत विभिन्न स्थानमा गएर हेरिसकेका छन् । माइक्रोइन्स्योरेन्स सँग सम्बन्धित सम्पुर्ण पक्षहरु, बीमा प्राधिकरण, बीमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायत सँग आज सम्मेलन गर्दैछ । सम्मेलनबाट यूएनडिपीले सबैको राय सुझाव एकै पटक संकलन गर्नेछ ।

प्राधिकरणले बुझाएका तथ्याङ्क, प्राधिकरण सँग भएका विभिन्न छलफल, नयाँ माइक्रोइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, स्थलगत निरीक्षण र अन्य मुलुकमा भएका अभ्यासलाई विश्लेषण गरेर निर्देशिकाको एउटा प्रारम्भिक खाका सहित प्रतिवेदन पेश गर्नेछ ।

उसले दिएको ड्राफ्ट अन्तिम हुँदैन । प्राधिकरणको प्राविधिक कमिटले बुँदागत छलफल गर्नेछ । प्राधिकरणले नेपालको सन्दर्भमा ढालेर एउटा मस्यौदा तयार पार्नेछ । प्राधिकरणले स्वीकृत गरे पछि दीर्घकालिन डकुमेन्ट बन्नेछ ।

लघु जीवन बीमाको सावधिक जीवन बीमा पोलिसी बाहेक सबै कम्पनीहरु आफैले बनाउनु पर्छ । निर्जीवन लघु बीमाले बिक्री गर्ने पोलिसी नेपाल बीमा प्राधिकरणले नै बनाइदिन्छ । प्राधिकरणले छिटो भन्दा छिटो पोलिसी ल्याउने तयारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS