IME Life
GBIME

हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २६%ले बढ्यो, बीमा कोषको आकार १ अर्ब २० करोडमाथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि दृखिएको छ भने कम्पनीको खुद दाबी भुक्तानी भने सामान्य घटेको तथ्याङमा देखिएको छ ।

अवधिमा कम्पनीले २३ करोड ७ लाख ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६४ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ६ प्रतिशतले बढी हो ।

Crest

२ अर्ब २३ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८७ करोड ५१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५६ करोड ५ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब २० करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १३ करोड ७२ लाख रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ८९ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ३६ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी कम तिरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा रहेको छ । पिइ अुपात ४१.९६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा रहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS