IME Life
Beema Board

यूनाइटेड इन्स्योरेन्सको नाफा ४७ प्रतिशतले बढ्दा ५८ करोड ४५ लाख कुल दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क बाहेक अधिकांश सूचकमा बृद्धि भएको  तथ्याङकले देखाएको छ ।

१ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २१ करोड ७८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १७ करोड ७० लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा ५० करोड २३ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ४० करोड १५ लाख रुपैयाँ थियो ।

Prabhu
Crest

त्यस्तै, यस अवधिमा कम्पनीले १५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ४७ प्रतिशतले बढी हो ।

यस अवधिसम्ममा कम्पनीले ३५ करोड १८ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६४ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४१ प्रतिशतले कमी हो ।

यस अवधिमा कम्पनीले २९ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी तिरेको छ । कम्पनीले ५८ करोड ४५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ६० पैसा रहेको छ । पिइ अुपात २४.०१ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १६८ रुपैयाँ १६ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS